५ भाद्र २०८३, शुक्रबार
Header

नेपाल बैंकमा जागिरको अवसर, १६३ जना कर्मचारी माग


प्रकाशित: शुक्रवार, १५ चैत्र २०८१, १२ः५५ बजे
- महानगरखवर

काठमाडौं । नेपाल बैंकमा जागिरको अवसर खुलेको छ । 


बैंकले एक सूचना प्रकाशन गर्दै सातै प्रदेशका लागि प्रबन्धक (सिए), उप प्रबन्धक, सहायक प्रबन्धक, आइटी सहायक, सहायक र कनिष्ठ सहायक पदमा १६३ जना कर्मचारी माग गरेको हो।


उमेर हद प्रबन्धक (सिए) को २१ वर्ष पूरा भई ४५ वर्ष नपुगेको, उप प्रबन्धक, सहायक प्रबन्धकको उमेर २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र आइटी सहायक, सहायक र कनिष्ठ सहायकको उमेर १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको हुनु पर्नेछ। 


परीक्षा दस्तुर प्रबन्धक (सिए), उप प्रबन्धक, सहायक प्रबन्धकको एक हजार रूपैयाँ समावेशी समूहतर्फ थप चार सय रूपैयाँ लाग्नेछ । 


यस्तै, आइटी सहायक, सहायक र कनिष्ठ सहायक पदको लागि आठ सय रूपैयाँ र समावेशी समूहतर्फ थप दुई सय रूपैयाँ लाग्नेछ ।


योग्यता पुगेका इच्छुक नेपाली नागरिकले वैशाख ४ गतेसम्म र दोब्बर दस्तुर तिरेर वैशाख ११ गतेसम्म आवेदन दिन सक्नेछन । 


विज्ञापन सुचनाः

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex