१५ चैत्र २०८०, बिहिबार
Header

नेपाल बैंकमा खाता खोल्नेहरुलाई टेलिकमले मोवाईल बैंकिङ चलाउन निःशुल्क डाटा दिने


प्रकाशित: शुक्रवार, २२ असोज २०७८, १८ः३० बजे
- महानगरखबर

काठमाडौं ।  नेपाल बैंक र नेपाल टेलिकमविच पर्वहरुलाई लक्षित गरी सुविधाका प्याकेजहरु दिने गरी सम्झौता भएको छ ।


नेपाल बैंकमा उक्त खाताहरु खोल्ने ग्राहकहरुलाई चारवटा बम्पर अफरहरु दिइने भएको सम्झौतामा उल्लेख छ । विशेष गरी विद्यार्थी र दम्पतीहरुलाई लक्षित गरी शुभज्ञान बचत खाता र सहयात्री बचत (दम्पती) खाता सञ्चालनमा लाएको छ । 


असोज २० बुधवार गते नेपाल बैंक र नेपाल टेलिकमबीच सम्झौताका अनुसार शून्य ब्यालेन्समा शुभज्ञान बचत खाता र पाँच सय रुपैयाँ न्यूनतम ब्यालेन्समा सहयात्री बचत खाता खोल्न सकिने बैंकले जनाएको छ । 


यी खाता खोल्दा नेपाल टेलिकमको निःशुल्क सिमकार्डका अतिरिक्त विभिन्न प्याकेजहरु उपलब्ध हुने सम्झौतामा भनिएको छ । 


सम्झौतापछि नेपाल टेलिकमको निस्शुल्क सिम (विद्यार्थी र दम्पतीलाई), सिम सञ्चालनमा मितिले एक महिनासम्म हरेक दिन १० वटा एसएमएस, १०० एमबी डेटा र ४० मिनेट नेट भ्वाइस टक टाइम निःशुल्क उपलब्ध हुने बैंकले जनाएको छ । 


त्यसैगरी नेपाल बैंकको मोबाइल बैकिङ एप चलाउँदा एक वर्षसम्म इन्टरनेट शुल्क नलाग्नेदेखि योजना अन्तर्गत खाता खोल्ने ग्राहकहरुलाई नेपाल बैंकले थप एक महिनाको लागि एक जीबी डेटा निःशुल्क उपलब्ध गराउने बताइएको छ । 


सम्झौतामा नेपाल टेलिकमका प्रमुख व्यापारिक अधिकृत प्रतिभा वैद्य र नेपाल बैंकका प्रमुख वित्तीय अधिकृत होमबहादुर खड्काले हस्ताक्षर गरेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD