८ बैशाख २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

नेपाल बैंकको ८८ औं बार्षिकोत्सव सम्पन्न (तस्वीरहरु)


प्रकाशित: शुक्रवार, ३० कात्तिक २०८१, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाल बैंक लिमिटेडले सेवाको ८८ औं बर्ष प्रवेश गरेको अवसरमा बार्षिकोत्सव सम्पन्न गरेको छ । 


शुक्रवार न्युरोडको धर्मपथस्थित केन्द्रिय कार्यालय परिसरमा एक विशेष समारोहको आयोजना गरी  मनाएको हो । 
सो अवसरमा समारोहका प्रमुख अतिथी रहेका नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुमा समस्या पन्छयाउने रोग बढ्दै गरेका बताएका छन । 


उनले डेस्कदेखिनै काम पन्छाउने प्रबृति बढेको र ग्राहकको सुरक्षाको विषयलाई वे-वास्ता गर्न थालेको उल्लेख गरे । 

 


‘हाम्रो बैंकिङमा यस्तो रोग बढ्दै गइरहेको छ । बैंकका शाखाहरुले ग्राहकको प्रोटेक्शनका कुरा ख्याल नगर्दा त्यो माथि म्यानेजमेन्ट र रेगुलेटरमा अवस्था देखिएको छ,‘ उनले भने,‘ फ्रन्ट डेस्कबाट हुने काममा अर्कोलाई देखाउनु हुँदैन । समस्या त्यो बढ्दै गए भने त्यसले डेभलप गर्छ । माथि माथि गर्दै जादा समस्याग्रस्त वन्ने अवस्था आउने सक्ने हुँदा सबैले जहाँ समस्या देखिएको हो, त्यहीबाट समस्याको सामाधान खोजिनु पर्छ, । अन्यथा कम्पलेक्सिटी निम्तिन्छ ।’


बैंकका सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी, सञ्चालक थानप्रसाद पंग्यानी, गंगा प्रसाद ज्ञवाली, साधना घिमिरे, विवेक शमशेर जवरा, विष्णुु कुमार अग्रवाल, ध्रुव प्रसाद अधिकारी, प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय, नायव प्रमुख कार्यकारी अधिकृत  समता पन्तको उपपस्थिती रहेको थियो । 

 


बार्षिकोत्सव मुल समारोह समितिका संयोजक तथा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेलले स्वागत मन्तव्य दिएका थियो । 


अहिले देशभरी बैंकका २२९ शाखा कार्यलय, ७ प्रदेशिक कार्यालय, २०५ वटा एटिएमा काउन्टर, ६० वटा एक्सटेशन काउन्टरहरु रहेका छन । 

 


सो अवसरमा प्रमुख अतिथी गभर्नरले २५ बर्षदेखि निरन्तर सेवा दिने दीर्घ सेवी पुरस्कार विभिन्न व्यक्तिहरुलाई सम्मान गरेका थिए । 


सो पुरस्करा पुरस्कार पाउनेहरुमा वरिष्ठ साहकाय वेदप्रसाद ढंगाना, निरुदेवि नापति, कुचिकर समुन्द्र रमदार लगायत छन ।

 

 
यस बैंकमा सरकारी ५१ प्रतिशत र निजी ४९ प्रतिशत सेयर पँुजी गरी कुला जम्मा पुुजी १४.६९ अर्व रहेको बैंकले जनाएको छ ।


नेपाल बैंकको स्थापना वि.स. १९९४ कातिक ३० गते तत्कालिक राजा त्रिभुवनबाट उद्घाटन भएको थियो ।

 

 

 

 

 

 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex