काठमाडौं । नेपाल बैंकले आफ्नो ८९औं वार्षिकोत्सव भव्य रूपमा मनाउँदै आगामी वर्षका लागि नयाँ रणनीतिक प्राथमिकताहरू सार्वजनिक गरेको छ ।
समारोहको अध्यक्षता बैंकका सञ्चालक समितिका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माले गरेका थिए ।
बैंकका अनुसार अहिले देशभर २३१ शाखा, २३७ एटिएम र ६१ एक्स्टेन्सन काउन्टर मार्फत सेवा प्रदान गरिँदै आएको छ ।

युवा जनशक्तिद्वारा छिटोछरितो र गुणस्तरीय सेवा प्रवाह गर्ने लक्ष्यसहित बैंकले पछिल्लो समय ग्राहक–केन्द्रित सेवा सुधारलाई प्राथमिकतामा राखेको बताएको छ ।
८९औं वर्ष प्रवेशसँगै बैंकले डिजिटल बैंकिङ सुदृढीकरण, ग्राहक सेवा सुधार र शाखा सञ्जालको प्रभावकारी विस्तारलाई आगामी व्यवसायिक वर्षका प्रमुख रणनीति बनेको जनाएको छ ।
बैंकले डिजिटल अभिमुखीकरणलाई थप गतिशील बनाउँदै आधुनिक बैंकिङको मागअनुसार सेवा विस्तारमा जोड दिने लक्ष्य राखेको छ ।





तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in बैंक