५ जेठ २०८१, शनिबार
Header

नेपाल बङ्गलादेश बैंकले साढे १० प्रति लाभांश दिने, मर्चेन्ट बैंकिङ्ग तथा स्टक ब्रोकर सेवा पनि दिने


प्रकाशित: विहिवार, २६ पुष २०७५, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडको चौबिसौं बार्षिक साधारणसभा पौष २६ गते विहिवार सम्पन्न भएको छ । 


साधारण सभाले गत आर्थिक वर्ष २०७४÷७५ को मुनाफा तथा जगेडा कोषबाट शेयरधनीहरुलाई १०.५३ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) दिने प्रस्ताव स्वीकृत गरेको छ ।


बैंक सञ्चालक समितिका अध्यक्ष जलाल अहमदको सभापतित्वमा सम्पन्न भएको उक्त सभाले बैंकको उद्देश्य संग सम्बन्धित प्रबन्धपत्रमा रहेका दफाहरुको संशोधन पनि स्वीकृत गरेको छ ।


त्यसैगी गत आर्थिक वर्षमा बैंकले रु. १.१४ अर्ब खुद मुनाफा आर्जन गरेको थियो भने निक्षेप परिचालन रु. ४८.०५ अर्ब, कर्जा परिचालन रु.४३.१३ अर्ब रहेको थियो ।


बैंकले आफ्ना ग्राहकहरु लगायत सबैलाई आगामी दिनमा मर्चेन्ट बैंकिङ्ग तथा स्टक ब्रोकर सेवा दिने उद्देश्यले सहायक कम्पनी स्थापना गर्ने जानकारी गराएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD