काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई खेल हुँदैछन ।
पहिलो खेल बिहान ११ः४५ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ भने दोस्रो खेल दिउँसो ४ बजे जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन ।
अपराजित सुदूरपश्चिम शीर्षमा
प्रतियोगितामा अहिलेसम्म सबैभन्दा प्रभावशाली प्रदर्शन सुदूरपश्चिम रोयल्सले गरेको छ ।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको टोलीले खेलेका तीनै खेल जित्दै ६ अंकसहित तालिकाको शीर्षस्थानमा छ ।
पहिलो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले
दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई १८ रनले
तेस्रो खेलमा कर्णाली याक्सलाई ४५ रनले हराउँदै सुदूरपश्चिम अपराजित रहन सफल भएको हो ।
लुम्बिनीको उतार–चढाव
तीन खेल खेलेको लुम्बिनी लायन्सले एकै मात्र जित निकाल्न सकेको छ ।
पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले हराएको लुम्बिनी
दोस्रो खेलमा कर्णाली याक्ससँग ९ विकेटले
तेस्रो खेलमा काठमान्डु गोर्खाजसँग २२ रनले पराजित भएको थियो ।
२ अंकसहित लुम्बिनी तालिकाको छैटौँ स्थानमा छ। राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल लुम्बिनीको नेतृत्व गरिरहेका छन ।
जनकपुर र पोखरा आज तेस्रो खेल मैदानमा
आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स दुवैले आफ्नो तेस्रो खेल खेल्दैछन । दुवै टोलीले अहिलेसम्म जित हात पारेका छैनन ।
जनकपुर बोल्ट्स
पहिलो खेलः काठमान्डु गोर्खाजसँग ५ विकेटले हार
दोस्रो खेलः विराटनगर किंग्ससँग ९ रनले हार
अनिल साहको कप्तानीमा रहेको जनकपुर अंकविहीन रहँदै तालिकाको सातौँ स्थानमा छ ।
पोखरा एभेन्जर्स
पहिलो खेलः विराटनगरसँग ५३ रनले पराजय
दोस्रो खेलः सुदूरपश्चिमसँग १८ रनले हार
कुशल भुर्तेल कप्तानीको पोखरा अंकविहीन रहँदै तालिकाको आठौँ स्थानमा रहेको छ ।
टोली संयोजन
चारै टोलीका स्क्वाडमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टार खेलाडीहरू समावेश छन ।
सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी, क्रिस लिन, स्कट कुगेइलिन, लुम्बिनीका रोहित पौडेल, गुलबदीन नाइब, डार्सी सर्ट, जनकपुरमा इमरान ताहिर, वायन पार्नेल, पोखरामा जेम्स नीशम, जेसन रोयजस्ता खेलाडीहरूको उपस्थितिले आजका खेल पनि प्रतिक्षित बनेका छन ।
Categorized in मनोरन्जन