काठमाडौं । नेपाल प्रहरीमा थप ७ सय ६३ प्रहरी जवान थपिएको छ । नेपाल प्रहरीेको रिक्त रहेको पदमा जारी गरिएको विज्ञापनकोे अन्तिम नतिजा हिजो प्रकाशित गरिएको थियो ।
प्रहरी जवान पदमा खुल्ला प्रतियोगताद्वारा समावेशी प्रावधान अनुसार पदपुर्ति गर्न २०७४ साउन ३१ गते प्रकाशित विज्ञापन आब्हान गरेको थियो ।
उत्तीर्ण भई नियुक्तिको लागि सिफारिस भएका मुख्य दम्मेदवारहरूले आवश्यक कागजातसहित तोकिएको कार्यालयमा सम्पर्क राख्न सूचित गरिएको छ ।
हाल देशभर नेपाल प्रहरीको संख्या ७२ हजार ७ सय ३३ रहेको छ ।
उक्त नतिजाको बिस्तृत विवरण नेपाल प्रहरीको वेवसाइट www.nepalpolice.gov.np मा राखिएको छ ।
Categorized in राष्ट्रिय