काठमाडौं । नेपाल प्रहरीमा जागिर खानेहरुको लागि सुर्वण अवसर आएको छ ।
प्रहरी प्रधान कार्यलयको मानव विकास विभाग, भर्ना तथा छनोट महाशाखाले ७ हजार २ सय ५६ दरबन्दीको माग गरेको छ ।
महाशाखाले प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी जवान, कार्यालय सहयोगीलगायतका पदहरुमा सोमबार भर्ना आह्वान गरेको हो ।
महाशानले प्रकासित गरेको सुचना अनुसार जनपथतर्फ प्रहरी निरीक्षकमा १०८ जना र प्रहरी सहायक निरीक्षकतर्फ ५ सय २४ जना माग गरिएको छ ।
त्यसैगरी प्रहरी जवानमा ६ हजार २ सय ४४ जनाका लागि दरखास्त आह्वान गरिएको छ ।
प्रहरी कार्यालय सहयोगी (खेलाडी) पदमा ३० जना माग गरेको छ । यस पदमा भने खेलाडीतर्फ फुटबल, भलिबल, क्रिकेट, तेक्वान्दो, भारोत्तोलन, कँराते, जुडो, एथ्लेटिक्स, बक्सिङ, ब्याडमिन्टन र महिला कबड्डी विधामा मात्र दरखास्त दिन पाइनेछ ।
दरखास्त फारम असोज १८ देखि कात्तिक २९ गतेसम्म बुझाउन सकिनेछ ।
दर्खास्त आव्हान सुचना
Categorized in राष्ट्रिय