१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

नेपाल प्रहरीको २ वटा वसले काठमाडौं उपत्यकामा आज बस सेवा दिँदै


प्रकाशित: सोमवार, १९ जेठ २०८२, १३ः०० बजे
- महानगरखवर

काठमाडौं । यातायात व्यवसायीहरुले आज काठमाडौंमा सार्वजनिक यातायायत सञ्चालन बन्द गरेपछि नेपाल प्रहरीका २ वटा बसले सेवा दिने भएको छ ।


सोमबार नेपाल प्रहरीले दुई वटा बस चलाउन लागेको केन्द्रीय प्रवक्ता रमेश थापाले बताए । 


प्रवक्ता थापाका अनुसार निःशुल्क सेवा दिने बसहरुमा पहिलो रूट नक्साल, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हल र पुनः नक्साल घुम्नेछ।


त्यस्तै, अर्को रूटमा नक्साल, रातोपुल, चाबहिल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायकबाट फर्केर आउने र चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै नक्साल पुग्नेछ । 


यातायात व्यवसायीहरूले गण्डकी सरकारले ल्याएको राइड सेयरिङ नियमावली खारेजीलगायत ७ बुँदे मागसहित आजदेखि सार्वजनिक यातायात बन्द गरेका छन ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex