काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले औपचारिक रूपमा ‘एनपीएस–नेसनल कार्ड स्विच’ (एनपीएस–एनसीएस) र ‘डोमेस्टिक कार्ड स्किम’ (नेपाल पे कार्ड) सार्वजनिक गरेको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल पे कार्डको औपचारिक उद्घाटन गरे ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गभर्नर अधिकारीले सो कार्डको उदघाटन कार्यक्रमा नेपाल पे कार्डले आर्थिक स्वायत्ततामा महत्त्वपूर्ण योगदान गर्ने बताए ।
‘नेपालको आफ्नै कार्ड’ भन्ने नारासाथ एनसीएचएलले नेपाल पे कार्ड सुरु गरेको हो ।
हाल सुरुवातमा सिटिजन्स बैंक, गुडविल फाइनान्स लिमिटेड, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, एनएमबी बैंक, प्रभु बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बैंकबाट नेपाल पे कार्ड जारी हुने कम्पनीले जनाएको छ ।
यसले डिजिटल कारोबारलाई स्वदेशमै सहज, सुरक्षित र किफायती बनाउने विश्वास गरिएको छ ।
कार्यक्रममा हिमालयन बैंकले गभर्नर अधिकारीलाई पहिलो नेपाल पे कार्ड जारी गरेको थियो भने माछापुच्छ्रे बैंकमा पहिलो पीओएस कारोबार भएको थियो ।
3 April 2025, Wednesday
Categorized in बैंक