१ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

नेपाल ट्रस्टको जग्गा लिज सम्झौतामा ठगी आरोपमा सहसचिव कार्की पक्राउ


प्रकाशित: शनिवार, २२ कात्तिक २०८२, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । दरबारमार्गमा रहेको नेपाल ट्रस्टको जग्गा लिजमा दिने सम्झौतासम्बन्धी विषयमा प्रहरीले ठगी र आपराधिक विश्वासघातको आरोपमा अनुसन्धान सुरु गरेको छ ।


केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार कम्पनीलाई नोक्सानी हुने गरी ३० वर्षका लागि लिज सम्झौता गरिएको आशंकामा अनुसन्धान अघि बढाइएको हो । 


यस क्रममा नेपाल ट्रस्टका तत्कालीन सहसचिव ६६ वर्षीय लेखबहादुर कार्कीलाई पक्राउ गरिएको छ ।


सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीका अनुसार कार्कीलाई शुक्रबार पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको हो । 


“अनुसन्धानका लागि कार्कीलाई नियन्त्रणमा लिएका छौं,” एआईजी केसीले भने । 


हाल अवकाशप्राप्त सहसचिव कार्कीको बयानका आधारमा लिज प्रक्रिया कसरी अघि बढाइयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex