काठमाडौँ । नेपाल टेलिकमले आफ्नो ग्राहकले एक अर्कासँग कुराकानी गरेको आवाज रेकर्ड गर्ने प्रविधि नभएको जनाएको छ ।
टेलिकमका अधिकारीले अनुसार कलडिटेल ( कुराकानी गरेको नम्बर, समय) रहने तर आवाजको रेकर्ड भने नहुने बताएका छन ।
आदलतले आवाज रेकर्ड गर्न भनेर आदेश दिएमात्र सो प्रविधिको प्रयोग गरिने टेलिकमले जनाएको छ । ग्राहकको गोपिनियतलाई ध्यानमा राख्दै सम्बन्धीत ग्राहक बाहेक र आदलतले खोजेपछि मात्र कल डिटेल टेलिकमले उपलव्ध गराउने गरेको छ ।
विभिन्न देशका अनुसन्धानसँग सम्बन्धित संस्था (इन्टेलिजेन्स) ले भने सूचना लिने प्रयोजनका लागि यस्तो प्रविधि जडान गर्ने गरेका छन ।
Categorized in प्रबिधि