काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि २२ वटा नयाँ विन्टर अफर ल्याएको छ । नेपाल टेलिकमका प्रवक्ता प्रतिभा बैधद्धारा जारी विज्ञप्तीमा विभिन्न अफरहरुको सविधा प्रदान गरेको छ ।
अफरहरु २९ पुसदेखि आगामी चैत २८ गतेसम्म प्रयोग गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।
टेलिकमले यसअघि उपलब्ध गराएको अटम अफर अन्तर्गतका सेवाहरुमा केही सुविधा थप गरेर विन्टर अफर सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ ।
१. ह्याप्पी विकेन्ड प्याक
विज्ञप्तीमा उल्लेख भए अनुसार जीएसएमरसीडीएमए प्रिपेडरपोष्टपेड मोबाइलमा ह्याप्पी विकेन्ड प्याक अन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन १ जीबी डाटा प्रयोग गर्न सकिने छ । उक्त प्याक एक सय रुपैयाँमा प्राप्त हुनेछ भने सात दिनसम्मको समयावधि हुनेछ ।
२. अल टाइम डाटा प्याक
यस अन्तर्गट जीएसएम प्रिपेडरपोष्टपेड तथा सीडीएमए प्रिपेडरपोष्टपेड मोबाइलमा कम्पनीले उपलब्ध गराएका विभिन्न प्याकेजमा ५० प्रतिशत थप बोनस डाटा उपलब्ध हुनेछ ।
यस्तो डेटा प्याकमा १० रुपैयाँ देखि ५ सय रुपैयाँसम्मका प्याक उपलब्ध छन्। यस अन्तर्गत बोनससहित २३ एमबी देखि ४ हजार ५ सय एमबी सम्मका प्याकेज खरिद गर्न सकिने छ । यी प्याकेज १ दिन देखि २८ दिनसम्म प्रयोग गर्न सकिन्छ ।
३. नाइट टाइम भोलुम बेस्ड डाटा प्याक
नेपाल टेलिकमले एक रातमा ५ रुपैयाँमा ६८ एमबी डाटा एक रात प्रयोग गर्न सकिने प्याक पनि सार्वजनिक गरेको छ। जीएसएम प्रिपेडरपोष्टपेड तथा सीडीएमए प्रिपेडरपोष्टपेड मोबाइलमा नाइट टाइम भोलुम बेस्ड डाटा प्याक अन्तर्गत थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ ।
त्यसैगरी, ७ दिनसम्मको अवधिमा ४५ रुपैयाँमा ६३८ एमबी डाटा र २८ दिनसम्मको अवधिको ७६८० एमबी डाटा तीन सय रुपैयाँमा प्रयोग गर्न सकिने उनले जानकारी दिइन। यो प्याक राती १० बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिन्छ ।
४. अनलिमिटेड नाइट टाइम डाटा प्याक
यस अन्तर्गत जीएसएमरसीडीएमए प्रिपेडरपोष्टपेड मोबाइलमा १५ रुपैयाँमा अनलिमिटेड डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने बैद्यले बताइन। यसको अवधि डाटा खरिद गरेको एक दिनसम्म हुनेछ। त्यसैगरी, ८५ रुपैयाँमा ७ दिनसम्म र २ सय ४० रुपैयाँमा २८ दिनसम्म अनलिमिटेड डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिने छ । यी सबै प्याकमा १ जिबी डाटासम्म थ्रिजीरफोरजीको गतिमा चल्ने र त्यसपछि २५६ केबीपीएसको गतिमा अनलिमिटेड चल्नेछ ।
५. अल टाइम सोसियल मिडिया डाटा प्याक
यस अन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्वीटर चलाउँदा थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुने टेलिकमले बताएको छ। थप बोनस समेत गरी ५ रुपैयाँमा ३० एमबी डाटा १ दिन, २५ रुपैयाँमा १३५ एमबी डाटा ७ दिन र १०० रुपैयाँमा ६७५ एमबी डाटा २८ दिनका लागि उपलब्ध हुनेछ । त्यसैगरी, २०० रुपैयाँमा १५०० एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ ।
६. अल टाइम डाटा स्ट्रिमिङ प्याक
जीएसएम तथा सीडीएमए प्रिपेडरपोष्टपेड मोबाइलका लागि अल टाइम स्ट्रिमिङ प्याक अन्तर्गत युट्युब र वाउटाइम एप्स चलाउँदा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुने बैद्यले जानकारी दिइन। थप बोनस डाटा समेत गरी १० रुपैयाँमा १५० एमबी डाटा १ दिनका लागि, ४५ रुपैयाँमा ६०० एमबी डाटा ७ दिनका लागि र ११५ रुपैयाँमा १९५० एमबी डाटा २८ दिनका लागि उपलब्ध हुने छ ।
७. अल टाइम फोरजी डाटा प्याक
अल टाइम जीएसएम फोरजी डाटा प्याकमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ। यस अन्तर्गत १२ रुपैयाँदेखि ५ सय रुपैयाँसम्मका बोनससहित ३८ एमबी देखि ४६०८ एमबी सम्मको प्याकेज उपलब्ध हुने उनले बताइन। यी प्याकेज १ दिनदेखि २८ दिनसम्म उपयोग गर्न सकिन्छ ।
८. जीएसएमरसीडीएमए थ्रिजीरफोरजी एक जीबी प्रतिदिनको डाटा प्याक
जीएसएमरसीडीएमए थ्रिजीरफोरजी एक जीबी प्रति दिन डाटा प्याक अन्तर्गत ४५ रुपैयाँमा १ जीबी डाटा १ दिनका लागि, २५० रुपैयाँमा ७ जीबी डाटा ७ दिनका लागि र ८५० रुपैयाँमा २८ जीबी डाटा २८ दिनका लागि उपलब्ध हुनेछ। यसमा प्रतिदिन २० मिनेट स्ट्रिमिङ प्याक बोनसको रुपमा प्राप्त हुनेछ ।
९. अल टाइम भ्वाइस प्याक
जीएसएम तथा सीडीएमए प्रिपेडरपोष्टपेड मोबाइलमा भ्वाइस प्याक अन्तर्गत एक दिन देखि ६० दिन समयावधिसम्म प्रयोग गर्न सकिने प्याकेज प्राप्त गर्न सकिने टेलिकमले बताएको छ। यी प्याकेजहरु १० रुपैयाँ देखि ५५० रुपैयाँ सम्ममा खरिद गर्न सकिनेछ। यसरी प्राप्त प्याकेजमार्फत गरिने कल नेपाल टेलिकमको नेटवर्कभित्रका लागि मात्र उपलब्ध हुनेछ ।
१०.नाइट टाइम भ्वाइस प्याक
जीएसएम तथा सीडीएमए प्रिपेडरपोष्टपेड मोबाइलमा नाइट टाइम भ्वाइस प्याक अन्तर्गत ५ रुपैयाँमा १ दिनसम्म ३० मिनेट, १२ रुपैयाँमा १ दिनसम्म असीमित ९अनलिमिटेड० समय, २५ रुपैयाँमा ७ दिनसम्म २४० मिनेट र १०० रुपैयाँमा २८ दिनसम्म ११०० मिनेट कल गर्न सकिने छ । सो प्याक राती १० बजेदेखि बिहान ६ बजेसम्म कम्पनीकै नेटवर्क भित्र मात्र प्रयोग गर्न सकिने छ ।
११. सीयूजी प्याकेज
कम्पनीले कर्पोरेट ग्राहकहरुका लागि सीयूजी ९कर्पोरेट युजर ग्रुप० प्याकेज उपलब्ध गराएको छ। जीएसएमरसीडीएमएका प्रिपेडरपोष्टपेड सबैमा यो सुविधा उपलब्ध छ ।
यस अन्तर्गत कम्पनीकै नेटवर्कमा जीएसएमरसीडीएमएका प्रिपेड ग्राहकले २०० रुपैयाँमा ६५ मिनेट भ्वाइस कल गर्न तथा १२५ एमबी डाटा चलाउन र २५ वटा एसएमएस पठाउन सक्नेछन्। त्यसैगरी, कम्पनीकै नेटवर्कमा जीएसएमरसीडीएमए पोष्टपेड प्रिपेडका ग्राहकले ४०० रुपैयाँमा १५० मिनेट भ्वाइस कल गर्न, ३०० एमबी डाटा चलाउन र ५० वटा एसएमएस पठाउन सक्ने छन ।
यस बाहेक ७०० रुपैयाँमा ३०० मिनेट भ्वाइस कल गर्न, ८०० एमबी डाटा चलाउन र १०० वटा एसएमएस पठाउन सकिने छ । १००० रुपैयाँमा ४५० मिनेट भ्वाइस कल गर्न, १५०० एमबी डाटा चलाउन र १५० वटा एसएमएस पठाउन, १३०० रुपैयाँमा ६०० मिनेट भ्वाइस कल गर्न, २१०० एमबी डाटा चलाउन र २०० वटा एसएमएस पठाउन तथा १६०० रुपैयाँमा ७५० मिनेट भ्वाइस कल गर्न, २७०० एमबी डाटा चलाउन र २५० वटा एसएमएस पठाउन सकिने टेलिकमले बताएको छ ।
१२. डे–प्याक
डे–प्याक अन्तर्गत ६ रुपैयाँमा भ्वाइस र डाटा चलाउन मिल्ने छुट्टाछुट्टै प्याकेज लिन सकिने टेलिकमले बताएको छ। यस अन्तर्गत ६ रुपैयाँमा बिहान ६ देखि बेलुकी ६ बजे सम्म ६० मिनेट कल गर्न वा ३६ एमबी डाटा चलाउन सकिने छ ।
१३. एसएमएस प्याक
जीएसएम प्रिपेडरपोष्टपेड तथा सीडीएमए प्रिपेडरपोष्टपेड मोबाइलमा एसएमएस प्याक प्रयोग गर्न सकिनेछ। यो प्याक अन्तर्गत ५ रुपैयाँमा १ दिनसम्म उपभोग गर्न पाउने गरी २० वटा एसएमएस र थप २५ प्रतिशत बोनस एसएमएस समेत उपलब्ध गराइएको उनले बताइन। यसरी १५ रुपैयाँमा ७ दिनसम्म उपभोग गर्न पाउने गरी ७० वटा एसएमएस र ६० रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी ३०० वटा एसएमएस गर्न सकिने छ र यसमा पनि थप २५ प्रतिशत बोनस एसएमएस उपलब्ध गराइएको छ ।
१४. एफटीटीएच ब्यक्तिगत प्याकेज
नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत ब्यक्तिगत ग्राहकका लागि विभिन्न प्याकेजको व्यवस्था गरेको छ। ब्यक्तिगत तर्फ ८ एमबीपीएस, १८ एमबीपीएस, ३५ एमबीपीएस र ५५ एमबीपीएसका प्याकेज उपलब्ध छन्। यी प्याकेज ८ सय देखि १८ हजार ४ सय रुपैयाँ सम्ममा खरिद गर्न सकिने बताइएको छ ।
१५. एफटीटीएच कर्पोरेट युजर प्याकेज
नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत कर्पोरेट ग्राहकका लागि विभिन्न प्याकेजको व्यवस्था पनि गरेको छ। कर्पोरेट तर्फ १० एमबीपीएस गतिको एफटीटीएच प्याकेज ३ महिनाका लागि १० हजार ३०० रुपैयाँ, ६ महिनाका लागि १८ हजार ४०० रुपैयाँ र १ वर्षका लागि ३४ हजार ५०० रुपैयाँमा उपलब्ध गराइएको छ ।
त्यसैगरी, २० एमबीपीएस गतिको एफटीटीएच प्याकेज ३ महिनाका लागि १९ हजार ५०० रुपैयाँ, ६ महिनाका लागि ३६ हजार ८०० रुपैयाँ र १ वर्षका लागि ६९ हजार रुपैयाँमा उपलब्ध गराइने छ ।
१६. एडीएसएल भोलुम बेस्ड प्याकेज
नेपाल टेलिकमले भोलुम बेस्ड एडीएसएल इन्टरनेट प्याकेज ५ एमबीपीएस सम्मको गतिमा १५ जीबी डाटा २०० रुपैयाँमा ३० दिनसम्मका लागि उपलब्ध गराएको छ। त्यसैगरी, ५ एमबीपीएस सम्मको गतिमा २५ जीबी डाटा ३०० रुपैयाँमा र ४० जीबी डाटा ४०० रुपैयाँमा ३० दिनसम्मका लागि उपलब्ध गराएको छ ।
१७. एडीएसएल अनलिमिटेड प्याकेज
अनलिमिटेड एडीएसएल इन्टरनेट प्याक ५ एमबीपीएससम्मको गतिमा ८०० रुपैयाँमा ३० दिनसम्मका लागि उपलब्ध गराएको छ। त्यसैगरी, ५ एमबीपीएससम्मको गतिमा ४३०० रुपैयाँमा १८० दिनसम्म र ८००० रुपैयाँमा ३६० दिनसम्मका लागि उपलब्ध गराइएको छ ।
१८. एक घण्टा अनलिमिटेड प्याक
यस प्याक अन्तर्गत कम्पनीकै नेटवर्कमा जीएसएमरसीडीएमएका ग्राहकले १८ रुपैयाँमा प्याक एक्टिभ भए पश्चात १ घण्टासम्म निरन्तर भ्वाइस, एसएमएस र डाटा असिमित रुपमा प्रयोग गर्न सक्ने बताइएको छ ।
१९. विद्यार्थी अफर
यस अफर अन्तर्गतको सिम लिएपछि नयाँ सिममा उपलब्ध हुने ५० रुपैयाँ मध्ये कम्पनीकै नेटवर्कमा विद्यार्थीहरुले १० रुपैयाँ बराबर कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्न वा यी सबै सेवा प्रयोग गर्न सक्ने सुविधा छ ।
त्यसैगरी, बाँकी ४० रुपैयाँमा ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरिद गर्न र २० वटा एसएमएस गर्न सकिने छ । यी सबै सुविधा ३० दिनभित्र उपभोग गरिसक्नु उनले बताइन। साथै बोनसको रुपमा कम्पनीकै नेटवर्कमा विद्यार्थीहरुले प्रति महिना ४० मिनेट भ्वाइस कल गर्न, ६० एमबी डाटा चलाउन र २० वटा एसएमएस पठाउन सक्ने छन। यो सुविधा उपभोग गर्ने समयावधि ७ दिनको हुनेछ । प्रति महिना प्राप्त हुने उपरोक्त बोनस ६ महिनासम्म उपलब्ध जारी विज्ञप्तीमा उल्लेख छ ।
साथै, विद्यार्थीहरुलाई ५० रुपैयाँको रिचार्जमा १० मिनेटको भ्वाइस र ५० एमबी डाटा बोनस उपलब्ध हुनेछ। यो सुविधा उपभोग गर्ने समयावधि ३ दिनको हुनेछ। रिचार्ज बोनस ५० रुपैयाँ वा सो भन्दा माथिको रिचार्जमा उपलब्ध हुनेछ। रिचार्जमा प्राप्त हुने उपरोक्त बोनस एक वर्षसम्म उपलब्ध गराइने टेलिकमले बताएको छ ।
२०. इन्डिया कल अफर
नेपालबाट भारतमा कल गर्नका लागि सस्तो दरको प्याकेज लिन सकिने छ। यसका लागि कम्पनीले डेली प्याक, विक्ली प्याक र मन्थ्ली प्याक गरी तिन प्रकारको प्याक अफर ल्याएको छ। डेली प्याक अन्तर्गत ३५ रुपैयाँमा १५ मिनेट कल गर्न सकिने छ। सो प्याक १ दिनका लागि मात्र उपलब्ध हुनेछ। त्यसैगरी विक्ली प्याक अन्तर्गत १५० रुपैयाँमा ६५ मिनेट र मन्थ्ली प्याक अन्तर्गत ५०० रुपैयाँमा २१५ मिनेट कल गर्न सकिने छ। यी प्याक क्रमशः ७ दिन र एक महिनासम्म प्रयोग गर्न सकिने टेलिकमले बताएको छ ।
२१ . मिस्ड कल अलर्ट
यो सेवाबाट सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको अवस्थामा र स्वीच अफ भएको अवस्थामा कसैको कल आएमा पछि त्यसको बारेमा एसएमएस मार्फत नोटिफिकेसन आउनेछ। यो सेवा लिन मासिक ६ रुपैयाँ शुल्क लाग्ने छ। यो सुविधाको समयावधि ३० दिनको हुनेछ ।
२२. एफटीटीएचमा निःशुल्क भ्वाइस
एफटीटीएच सेवा लिने नयाँ तथा पुराना ग्राहकले ९० दिनसम्म कम्पनीकै नेटवर्कभित्र निःशुल्क भ्वाइस सेवा अर्थात सिप कल सेवा उपयोग गर्न सक्ने सुविधा दिएको जारी विज्ञप्तीमा भनिएको छ ।
Categorized in प्रबिधि