२० आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

नेपाल टेलिकमको सिम प्रयोग गरे चिठ्ठा पर्ने भन्दै ठगी गर्ने पक्राउ


प्रकाशित: मंगलबार, २२ जेठ २०७५, १०ः२४ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं ।  नेपाल टेलिकमको सिम प्रयोग गरे नगद चिठ्ठा पर्ने भन्दै ठगी गर्दै हिड्ने ललितपुर इमाडोलकी रश्मी घिमिरेलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ ।

 
सामाजिक सञ्जाल ‘इमो’ मार्फत नेपाल टेलिकमको सिमकार्ड प्रयोग गरेबापत रु २५ लाखको चिठ्ठा परेको भन्दै घिमिरेले नुवाकोटको एक महिलालाई ठगी गरेको हो । प्रहरीले उनलाई सोमबार नुवाकोट जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको जनाएको छ ।

 
त्यसैगरी प्रहरीले घिमिरेको बयानको आधारमा काठमाडौँ महानगरपालिका–२१ का अमिर शाक्यलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको छ ।

 
उनीहरु पक्राउ परेको खबर पाएपछि यसरी सामाजिक सञ्जाल ईमोमार्फत ठगी गर्नेहरु उजुरी दिनेहरुको संख्या बढेको प्रहरीले जनाएको छ ।

 
नेपाल टेलिकमको सिमकार्ड प्रयोग गरेबापत चिठ्ठा परेको भन्दै इमोमार्फत यसअघि नुवाकोट तार्केश्वर गाउँपालिका–१, दाङसिंका दुई युवासँग पनि रु दुई लाख ४५ हजार ठगी भएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex