१५ चैत्र २०८०, बिहिबार
Header

नेपाल टेलिकमको ब्रान्ड एम्बेस्डरमा पारस खड्का


प्रकाशित: बुधवार, १४ फागुन २०७६, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल टेलिकको ब्रान्ड एम्बेस्डरमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान खेलाडी पारस खड्का चयन भएको छ ।


मंगलवार आयोजित एक कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र क्रिकेट खेलाडी पारस खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरे ।


कम्पनीका प्रबन्ध निर्देशक अधिकारीले द्रूत गतिमा मुलुकभर दूरसञ्चार सेवा विस्तार गरिरहेको नेपाल टेलिकम र चर्चित खेलाडी पारस खड्काबीचको सहकार्य फलदायी र प्रभावकारी हुने अपेक्षा गरेका छन । 


समारोहमा क्रिकेट पूर्व कप्तान पारस खड्काले नेपाल टेलिकमसँग आबद्ध हुन पाएकोमा गौरव महशुस गरेको बताए ।


सम्झौता बामोजिम क्रिकेटर खड्का नेपाल टेलिकमका सेवा सुविधाहरु तथा कम्पनीको ब्रान्ड प्रवदद्र्धनका क्रियाकलापमा सहभागी हुने छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD