१२ बैशाख २०८१, बुधबार
Header

नेपाल टेलिकमको डाटामा ह्याकर आक्रमणको आशंका 


प्रकाशित: आईतवार, २७ असार २०७८, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । नेपाल टेलिकमको डाटा ह्याकर आक्रमणको आशंका गरिएको छ । 


ह्याकरले आक्रमण गरेको आशंकामा नेपाल टेलिकमले आफ्नो एउटा सर्भर बन्द गरेको जनाएको समाचार अनलाईनखवरले प्रकाशति गरेको छ ।  चिनियाँ ह्याकर समूहले सर्भरमा आक्रमण गरेर डेटा हृयाक गरेको दावी गरेपछि टेलिकमले शंकास्पद सर्भर सर्ट डाउन गरेको प्रवक्ता राजेश जोशीको भनाई छ । 


चीनको ट्याग–२२ ग्रुपले नेपाल टेलिकमको सर्भरमा ‘ग्लास फिस’ सर्भरका माध्यमबाट ‘कोल्भटस्ट्राइक’ मार्फत सर्भर हृयाक गरेका दावी गरेको छ । यो सूमह चीनको राज्य सञ्चालित समूह रहेको दावी गरिएको छ ।


त्यसरी लिक भएको भनिएको कल डिटेल्स र अन्य विवरण डेटा विक्रीमा समेत राखिएको छ । यो सूमहले ताइवान र फिलिपिन्सका टेलिकमसम्बद्ध डेटा पनि सँगै बिक्रीमा राखेको छ ।


असार ९ गते बिहान करिब अढाई घण्टा टेलिकमको जीएसएम सेवा अवरुद्ध भएको थियो । त्यसमा पनि यसको कनेक्सन हुनसक्ने अनुमान टेलिमका अधिकारीहरुको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD