१९ बैशाख २०८१, बुधबार
Header

नेपाल टी– २० विश्वकप क्रिकेटमा छनौट


प्रकाशित: शुक्रवार, १७ कातिक २०८०, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल टी–२० विश्वकप क्रिकेटमा छनौट भएका छन । 


शुक्रवार काठमाडौंको मूलपानी खेल मैदनमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै विश्वकप क्रिकेटमा छनौट भएको छ । 


नेपाल १० बर्षको ग्यापछि सन २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो ।


यस अघि नेपालले सन २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । 


आजको खेलमा युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ३५, गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडेका थिए ।


नेपालले विश्वकप क्रिकेटमा खेल्नका लागि १८ जना खेलाडी यस अघि छनौट गरिसकेको छ । काठमाडौंमा भएको छनोट खेलबाट ओमान पनि विश्वकपमा छनोट भएको छ ।


आईसीसी मेन्स टी–२० विश्वकप २०२४ मा कुल २० टिमले प्रतिस्पर्धा गर्नेछन । जसमा वेष्ट इन्डिज र अमेरिका आयोजकको रुपमा छन र सीधै छनोट भइसकेका छन । 


अष्ट्रेलिया, इंग्ल्याण्ड, भारत, नेदरल्याण्ड्स, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका सीधै छनोट भइसकेका छन ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD