१७ बैशाख २०८१, सोमबार
Header

नेपाल घरेलु टिम पाकिस्तानसँग भिड्दै, को–को खेल्दै ?


प्रकाशित: बुधवार, १३ भाद्र २०८०, १२ः३० बजे
- महानगरखबर

काठमाडौं । एसिया कप क्रिकेट २०२३ बुधवार पाकिस्तानमा हुन गईरहेको छ । 


पहिलो खेल घरेलुु टिम पाकिस्तानसँग नेपालको प्रतिस्पर्धा हुने छ । यस खेलमा नेपालका सम्भावित प्लेइङहरुमा कुशल भुर्तेल, असिफ सेख(विकेट किपर), रोहित पौडेल(कप्तान), कुशल मल्ल, भिम सार्की, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी छन । 


त्यसैगगरी, पाकिस्तानका सम्भावित प्लेइङहरुमा बाबर अजाम(कप्तान), सदाब खान (उपकप्तान) , फखार जमान, इमाल उलहक, सलमान अलि, इफ्तििखार अहमद, मोहम्मद रिजवान (विकेट किपर), मोहम्मद नवाज, नसिम शा आफ्रि दी र हरिस शैफ छन । 


कुल ६ टिमको सहभागिता रहेको प्रतियोगिताको आयोजक भने पाकिस्तान र श्रीलंका छन । खेलहरू यी दुई देशमा अनुकूल मिलाएर हुनेछ । 


श्रीलंकाले बिहीबार क्यान्डीमा हुने खेलमा बंगलादेशको सामना गर्नेछ । 


एसिया कपमा डेब्यु गर्दै गरेको नेपाल समूह ‘ए’ मा पाकिस्तान र भारतसँगै छ । अर्काे समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन । प्रत्येक समूहबाट दुई टिम सुपर–फोरका लागि छनोट हुनेछ ।


तस्वीरः एसियन क्रिकेट परिषद्

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD