७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

नेपाल क्रिकेट संघलाई काठमाडौ महानगरको ५० लाख सहयोग


प्रकाशित: मंगलवार, २० माघ २०७७, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाल क्रिकेट संघलाई काठमाडौं महानगरपालिकाले ५० लाख सहयोग गर्ने भएको छ । 


काठमाडौं मेयर्स कप — २०७७ क्रिकेट प्रतियोगिता सञ्चालन गर्न उक्त रकम सहयोग गर्ने महानगरपालिकाले जनाएको छ । मंगलवार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा क्रिकेट संघ र महानगरविच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 


महानगर प्रमुख विद्यासुन्दर शाक्यको रोहवरमा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले र संघका अध्यक्ष चतुरबहादुर चन्दले हस्ताक्षर गरेका छन । 


महानगरको प्राथमिक क्षेत्र पूर्वाधार भएको बताउँदै खेलकुदमा क्रमश लगानी बढाएको प्रमुख शाक्यले भने, ‘राष्ट्रिय खेलाडीको मनोबल बढाउन र अन्तरराष्ट्रिय खेलाडी नेपाल आउँदा यहाँको भव्यता महसुस गराउन महानगरले गएको साफमा सहयोग गरेको थियो ।’ 


मेयर शाक्यले ए डिभिजन फुटवल क्लवलाई जनही १० लाख रुपैयाँ, वी डिभिजनलाई जनही ६ लाख रुपैयाँ र सी डिभिजनलाई ४ लाख सहयोग गरेको जानकारी दिए ।  


कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले, क्रिकेटले अन्तरराष्ट्रिय स्तरमा नेपालको ख्याती बढाएको बताए ।  यो प्रसिद्धि बढाउन थप बल पुगोस र महानगरको पहिचान पनि सँगै विस्तार होस भनेर हामीले संघलाई सहयोग ज्ञवालीले आफ्नो भनाई राखे । 


उक्त अवसरमा संघका अध्यक्ष चन्दल यस बर्ष महानगरले लगानीलाई अर्को बर्ष थप गर्ने गरी हामी नतिजा देखाउने प्रतिवद्धता जनाए । 


महानगरको सामाजिक विकास विभागका प्रमुख दीपक अधिकारी काअनुसार संघलाई सम्झौताबमोजि २ चरणमा अनुदान रकम प्रदान गरिनेछ । पहिलो चरणमा ६० प्रतिशत रकम उपलब्ध गराएपछि संघले सञ्चालन गरेका कार्यक्रमका आधारमा दोस्रो किस्ताको रकम दिइनेछ ।


आउँदो चैत्र मसान्तभित्र खेलका कार्यक्रम सञ्चालन गरिसक्नुपर्ने महानगरपालिकाले बताएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex