१२ बैशाख २०८१, बुधबार
Header

नेपाल इन्टरनेशनल फिल्म फेस्टिभलको तेस्रो संस्करण हुने


प्रकाशित: विहिवार, ३० जेठ २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको आयोजनामा दुई वर्ष अगाडि सुरु भएको अन्तर्राष्ट्रिय स्तरको फिल्म फेस्टिभल ‘नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल’को तेस्रो संस्करण सन २०२० को फ्रेबुअरी महिनामा हुने भएको छ ।


निफ (niff) २०२० को रुपमा  आयोजनामा हुन लागेको  फिल्म फेस्टिभललाई अझ विस्तृत र भव्यताकासाथ सम्पन्न गर्ने कुराको घोषणा  बुधवार सम्पन्न  पत्रकार सम्मेलनमा गरियो । 


सो  एकेडेमी ले  निफ २०२० घोषणा र फिल्म राइटिङ्ग वर्कशप गर्न लागेको  कुरा को घोषणा बुधवार पत्रकार सम्मेलन मार्फत गरिएको छ  भने कार्यक्रममा  नेपाल चलचित्र कलाकार संघको नवनिर्वाचित कार्यसमितिलाई सोही एकेडेमीले शुभकामना तथा बधाई ज्ञापन गरिएको छ  ।


आयोजना संस्थाका उपाध्यक्ष  विजयरत्न तुलाधरले स्वागत मन्तव्य राखेका थिए भने मन्तव्य राख्ने क्रममा उनले कलाकार संघको नयाँ कार्यसमिति प्रति थपिएको जिम्मेवारी  पुरा गर्न कार्यसमिति सदैव सजग रहनु पर्ने बताए  ।


कलाकार संघका नव निर्वाचित अध्यक्ष  रविन्द्र खड्काले  आफ्नो  कार्यकालमा   कलाकारिता क्षेत्रलाई  अझ सुदृढ  पार्दै लाने प्रतिबद्धता व्यक्त गरेका थिए। ।    


आयोजक संस्थाका अध्यक्ष  केपी पाठकले आफु संधै चलचित्र क्षेत्रको उन्नतिबारेमा सोची रहने मान्छे हुँ भन्दै  यही उद्देश्य पुरा गर्न आफू तत्पर रहेको बताए । उनले  फिल्म राइटिङ्ग वर्कशप अगष्ट १३ देखग   २१ सम्म  मकवानपुरको   नेवार वस्ती भित्र हुने जानकारी पनि दिए । यसमा सहभागी हुन १०हजार शुल्क तोकिएको छ ।


निफ फिल्म फेस्टिभलमा  नेपाली फिल्म तर्फ  बेस्ट फिल्मलाई एक लाख नगद राशी पुरस्कार दिनुका साथै  डाइरेक्टर, राईटर, क्यामेरा पर्सन, एक्टर र एक्ट्रेसललाई ट्रफी सहित पुरस्कार प्रदान गरिने कार्यक्रम छ।  ।


त्यस्तै गरी  बेष्ट डकुमेन्ट्री एउटालाई एक हजार डलर सहित माउन्ट एभरेष्ट अवार्ड   र बेस्ट एनिमेटेड फिल्मलाई ७५० डलर सहित मन्जुश्री दिने कुरा  पत्रकार सम्मेलनमाा जानकारी गराइएको थियो ।  

 
यस्तै गरी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट फिल्म लाई १५०० डलर सहित गौतम बुद्ध अवार्ड, शर्ट फिल्मलाई ५००डलर को बागमती अवार्ड प्रदान गरिने कुराको जानकारी पत्रकार सम्मेलनमा गराएको छ  ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD