१७ बैशाख २०८१, सोमबार
Header

नेपाल–भारतविच भएका यी चार सम्झौता


प्रकाशित: विहिवार, १९ पुस २०८०, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपाल र भारतविच विहिवार भएको संयुक्त बैठकमा चार वटा सहमतिमा हस्ताक्षार भएको छ ।


काठमाडौंको याक एण्ड यती होटलमा भएको सातौं संयुक्त बैठकले सो सम्झौता गरको हो । परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि उर्जा व्यापार सम्झौता सहितका चार सहमतिमा हस्ताक्षर भएको छ।


परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा उर्जा व्यापार सम्झौता भएको छ । 


भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाटसम्म विद्युत आयात गर्ने सम्झौतामा दुई देशका उर्जा सचिवले हस्ताक्षर गरेका छन ।


नेपालले बनाएको म्यानुअल स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने सहमतिमा हस्ताक्षर भएको छ । 


नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी र न्यू स्पेस इन्डिया लिमिटेडबीच भएको सहमतिमा नेपालले बनाएको म्यानुअल स्याटेलाइट प्रक्षेपण गर्न भारतले स्याटेलाइट प्रक्षेपणका लागि नेपाललाई सहयोग गर्ने सहमति भएको छ । 


हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट (एचआईसीडीपी) कार्यान्वयन सहमति भएको छ । यो सहमति अनुसार काठमाडौंस्थित भारतीय दूतावासले अब एउटै परियोजनामा २० करोडसम्म सोझै लगानी गर्नसक्नेछ ।


भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि नेपाललाई १० अर्ब रुपैयाँ नेपाली अनुदान सहयोग गर्ने सहमति भएको छ ।


त्यसैगरी, दुवै देशका परराष्ट्रमन्त्रीले १३२ केभीए पावर क्षमताका तीनवटा प्रसारण लाइनको उद्घाटन गरेका छन ।


भारतीय विदेशमन्त्री जयशंकर आज विहान काठमाडौं आइपुुगेका हुन । भोली शुक्रवार उनको भारत फर्कने कार्यक्रम रहेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD