काठमाडौं । गएराती माघ १९ गते नेपाली सेनाको बख्तरबन्ध गाडीले चक्रपथ परिक्रमा गरेपछि सर्वसाधरणमा चासो र चर्चा बढेको छ ।
नेपाली सेनाले नियमित अभ्यासकै क्रममा हिजो राती बख्तरबन्ध गाडीले चक्रपथ परिक्रमा गरेको बताएको छ । सेनाको युद्ध कवच गणको अगुवाइमा यो अभ्यास गरिएको हो ।
लामो समयदेखि बख्तरबन्ध गाडी सडकमा ननिक्लदा हिजो एक्कासी सडकमा गाडी निस्केपछि चर्चा हुन थालेको हो ।
सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलकाअनुसार देशभर रहेका ८ वटा पृतना अन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गरिने भएको छ ।
बुधबार दिउँसो काठमाडौंबाट काभ्रेको पाँचखालसम्म बख्तरबन्ध गाडीको अभ्यास हुने उनले बताए ।



तस्वीरहरुः रमेश शाक्य/महानगरखवरडटकम
Categorized in राष्ट्रिय