१३ भाद्र २०८३, शनिबार
Header

नेपाली युवाद्धारा ९० घण्टा २ मिनेट वक्तव्य दिएर विश्व रेकर्ड कायम, भारतीय युवाको रेकर्ड तोडियो


प्रकाशित: शुक्रबार, १५ भाद्र २०७५, ०९ः३७ बजे
- महानगरखबर

काठमाडौँ । नेपाली युवा अन्तराम केसीले ९० घण्टा २ मिनेट वक्तव्य दिएर गिनिज बुक अफ वल्र्डमा आफ्नो नाम राखी विश्व रेकर्ड कायम गरेको छ । 


यस रेकर्डले यस अघि भारतका केरला राज्यका केपी भाल साराजानको रकेर्ड तोडेको छ । उनले ८१ घण्टा १६ मिनेट बोलेका थिए । 


नुवाकोट शिवपुरी गाउँपालिका–१ केसीले भदौ ११ गते बिहान ६ बजेदेखि निरन्तर वक्तव्य दिएर बिहीबार मध्यरातसम्म वक्तव्य दिएका थिए । 


न्यू माइन्ड्स एकेडेमीको आयोजनामा केसीले गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित इष्टपोल स्कूलमा राष्ट्रिय गौरवसँग जोडिएको यो अभियानलाई पूरा गर्न वक्तव्य दिएको एकेडेमीका अध्यक्ष कुमारराज सुवेदीले जानकारी दिएका छन । 


केसीलाई गिनिज बुक अफ वल्र्ड रेकर्डका प्रतिनिधि सोप्नील डाङ्गारीकार, प्रदेश सांसद जीवन डङ्गोलले संयुक्तरूपमा प्रमाणपत्र दिएका थिए । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex