१३ भाद्र २०८३, शनिबार
Header

नेपाली महिलालाई बेलायती सेनामा भर्ना नगर्न संसदीय समितिको निर्देशन


प्रकाशित: शनिवार, ४ फागुन २०७५, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाली महिलालाई बेलायती सेनामा भर्ना नगर्न संसदको अन्तराष्ट्रिय सम्बन्धन समितिले निर्देशन दिएको छ ।


बेलायतले सन् २०२० सम्म नेपाली महिलालाई भर्ना लिने जनाएको थियो । तर, समितिले सो नगर्न भन्दै भर्ना हुन गएको भए फिर्ता बोलाउन समेत निर्देशन दिएको छ ।  


समितिका सभापति पवित्रा निरौलाका अनुसार बेलायतले प्रस्ताव गरेको बताइन । समितिले बेलायती सेनामा नेपाली महिलालाई पठाउने प्रस्ताव अस्विकार गरेको छ । 


नेपाली सेनाले बेलायती सेनाको रुपमा सेवा गरेको २०३ बर्ष भईसक्दा पनि बेलायतले समान तलव उपलव्ध नगराएको, गोर्खाली सेनाको आधिकारिक तथ्यांक, सेनाको अवस्थाबारे नेपाल सरकारलाई जानकारी नदिएको समितिको भनाई छ । 


भूतपूर्व गोर्खा सैनिकले न्याय र समानताका लागि उठाएका माग र औंल्याएका समस्या समाधानका लागि पहल गर्न सरकारलाई निर्देशन पनि दिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex