२२ बैशाख २०८१, शनिबार
Header

नेपाली फुटवल टिमका पूर्व प्रशिक्षक अलमुताईरी बने उत्कृष्ट प्रशिक्षक


प्रकाशित: मंगलवार, २३ फागुन २०७९, १६ः४० बजे
- महानगरखवर

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक अब्दुल्लाह अल्मुताइरी उत्कृष्ट प्रशिक्षक घोषित भएका छन । 


मंगलवार नेपाल खेलकुद पत्रकार मंचले आयोजना गरेको पल्सर स्पोर्टस अवार्ड अन्तर्गत एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड–२०७८ मा वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका हुन ।


वर्षको उत्कृष्ट प्रशिक्षकको मनोनयन सूचीमा भलिबलका जगदीशप्रसाद भट्ट, बक्सिङका दीपक महर्जन, पारातेक्वान्दोका कविराज नेगी लामा र क्रिकेटका डेभ ह्वाटमोर थिए ।


प्रशिक्षक अल्मुताइरीले पहिलो पटक नेपाललाई एसिया कप छनोटको तेस्रो चरणमा र्पुयाएका थिए । 


उनकै प्रशिक्षणमा नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा समेत पुगेको थियो ।


अवार्ड जितेका अलमुताइरले पल्सर मोटरसाइकल पुरस्कार पाएका छन ।


यस्तै अफ्रिकी देश मोरिसससँग खेलेका दुई वटा मैत्रीपूर्ण खेल पनि नेपालले जितेको थियो ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD