२९ मङ्सिर २०८१, शनिबार
jyapu diwas 1145 AD

नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्न मागः प्रा.डा. बज्राचार्य (भिडियो) 


प्रकाशित: शुक्रवार, १६ कात्तिक २०८१, १७ः२० बजे
- अजयकुमार खड्गी

काठमाडौं । नेपाल संवत न्हुँद राष्ट्रिय संवत ११४५ काठमाडौंमा भव्य रुपमा मनाइने भएको छ ।


शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा बसन्तपुरमा विशेष समारोहको आयोजना गरी नेपाल संवत– ११४५ मनाइने नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समिति ११४५ले जनाएको छ ।


समारोह अघि काठमाडौंका विभिन्न स्थानमा न्हुँदको ¥याली बाजागाजासति बसन्तपुरमा भेला भएपछि विहान ९ बजेबाट औपचारिक कार्यक्रम हुने समितिले बताए ।


यस सन्दर्भमा महानगरखबरडटकममा प्रतिनिधिले न्हुँद नेपाल संवत राष्ट्रिय संरक्षण समितिका अध्यक्ष तथा नेपाल संवत् राष्ट्रिय संवत न्हुँद समारोह समिति ११४३ र ४४का पुर्वअध्यक्ष प्रा.डा. नरेशमान बज्राचार्यसँग गरेको कुराकानी गरेको थियो ।


उनले नेपाल संवत् आन्दोलन र उत्सव दुवै हो, अब सरकारले नेपाल संवत् उल्लेख गरी नेपाली नोट निस्कान गर्न आफूहरको माग भएको समेत बताएको छ ।


सरकारले पनि राष्ट्रिय स्तरबाट नेपाल संवत् मनाउन जरुरी भईसकेको बताउँदै नेपाल संवत अव सबैको संवत् भएकोले यसलाई स्वीकार गरी राष्ट्रिय संवतको रुपमा हेरिनु पर्ने प्रा.डा. बज्राचार्यको भनाई छ ।


भिडियोः 

 

 

नेपाल संवतको यस बर्षको नारा समितिले सार्वजनिक गरेको छ ।


– भिंतुना दु भिंतुना – न्हूगु दँया भिंतुना ।

 

– भिंतुनाया सः ज्वनाः – झी नेपाःमि वयाच्वना ।

 

– नेपाल संवत – राष्ट्रिय संवत ।

 

– छ्यलेनु छ्यलेनु – नेपाल संवत ।

 

– सरकारी ज्याखँय् नेपाल संवत छ्यलेनु – छ्यलेनु , छ्यलेनु ।

 

– दक्व प्रदेशय् नेपाल संवत छ्यलये हे माः – छ्यले हे माः, छ्यले हे माः ।

 

– दक्व स्थानीय सरकारय् नेपाल संवत छ्यले हे माः – छ्यले हे माः, छ्यले हे माः ।

 

– नेपाल संवत छ्यलेगु सरकारया दायित्व खः – दायित्व खः, दायित्व खः ।

 

– नेपाल संवतयात संयुक्त राष्ट्रसंघय् NEPAL DAY धायेकेनु – धायेकेनु, धायेकेनु ।

 

– नेपाल संवत NEPAL DAY –  NEPAL DAY, NEPAL DAY

 

– नेपाल संवतया राष्ट्रिय पुरस्कार घोषणा या – घोषणा या, घोषणा या ।

 

– नेपाल संवत प्रतिष्ठान गठन या – गठन या, गठन या ।

 

– नेपाली मुद्राय् नेपाल संवत तये हे माः – तये हे माः, तये हे माः ।

 

– नेपाल संवत छ्यलेगु – राष्ट्रवादी जुइगु खः ।

 

– राष्ट्रियताया आधार नेपाल संवत – नेपाल संवत, नेपाल संवत ।

 

– संस्कृतिया आधार नेपाल संवत – नेपाल संवत, नेपाल संवत ।

 

– नेपाल संवत देसया सान – देसया सान, देसया सान ।

 

– नेपाल संवत झीगु स्वाभिमान – स्वाभिमान, स्वाभिमान ।

 

– नेपाल संवत झीगु पहिचान – पहिचान, पहिचान ।

asteriskhubs
Home Page Bottom Second


Nepal Bank AD
maharjan complex