काठमाडौं । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको छ ।
टेलिकमको सेवा विस्तार तथा व्यवसाय प्रबद्र्धनमा सरकारले चाहेजस्तो उपलव्धि हासिल गर्न नसकेपछि राजभण्डारीलाई पदमुक्त गरेको सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएको छ ।
विशेष गरी फोरजी सेवाको विस्तारमा प्रगती गर्न नसेकको र टेलिकमका व्यापारका ओरालो लागेपछि सरकारले राजभण्डारीलाई २ पल्ट स्पष्टिकरण सोधेपछि चित्तबुझ्दो उत्तर नदिएको भन्दै उनलाई पदबाट हटाईएको हो ।
तीन वर्षे कार्यकालका लागि २०७३ असोजमा नियुक्त भएकी राजभण्डारी टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्त भएको हो ।
Categorized in प्रबिधि