काठमाडौं । नेपाली काग्रेसले आज (मंगलबार) सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्दैछ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मुलुकको ७७ जिल्लामा विरोध प्रर्दशनको कार्यक्रम रहेको बताएको छ ।
महंगी, अधिनायकबाद, लोकतान्त्रिक मूल्य मान्यताको रक्षासहितको एजेण्डा राखी सडक अन्दोलन सुरु गरेको हो ।
सरकार सर्वसत्तावादको बाटोमा अघि बढेको भन्दै विरोध गर्दै आएको छ । कांग्रेसका काठमाडौं जिल्ला सभापति सबुज बानियाँले सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार काठमाडौंको शान्तिबाटीकाबाट सुरु हुने जुलुस, भोटाहिटी, असन, विशालबजार, न्यूरोड हुँदै पुनः शान्तिवाटीकामा आएर कोणसभामा परिणत हुने छ ।
कोणसभालाई कांग्रेसका दोस्रो तहका नेताहरुले सम्बोधन गर्ने तयारी छ ।
Categorized in राष्ट्रिय