काठमाडौं । नेपाली कांग्रेसले आगामी स्थानीय चुनावलमा अन्य दलहरुसँग तालमेल गर्ने भएको छ ।
मंगलवार पार्टी कार्यलय सानेपामा बसेको केन्द्रीय समितिको बैठकल अरु दलहरुसँग आवश्यक्ता अनुसार चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार स्थानीय परिस्थिति र आवश्यकताअनुसार गठबन्धनमा रहेका दलहरूसँग तालमेल गर्ने नीतिगत निर्णय भएको हो ।
विधानको प्रक्रिया र व्यवस्थाअनुसार जुन तहलाई जुन अधिकार दिइएको छ त्यहीबाट तालमेलको निर्णय हुने समेत प्रवक्ता महतले जानकारी दिए ।
विधानअनुसार प्रतिनिधि सभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रमा संसदीय बोर्ड गठनको व्यवस्था छ । यही समितिले नै कुन दलसँग तालमेल गर्ने भन्ने निर्णय गर्नेछ ।
Categorized in स्थानिय