६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

नेपाली कांग्रेसमा ३७ सदस्यीय कार्यसम्पादन समिति गठन


प्रकाशित: शुक्रवार, १४ माघ २०७८, १७ः४९ बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसले ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको छ । 


शुक्रवार केन्द्रीय समितिको भर्चुअल बैठकमा सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समिति गठन गरेको हो । 


समितिमा सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, गगन थापा, सहमहामन्त्रीहरु जीवन परियार, महालक्ष्मी उपाध्याय, भिष्मराज आङ्देम्बे, बद्री पाण्डे, फरमुल्लाह मन्सुर, महेन्द्र यादव, किशोरसिंह राठौर, उमाकान्त चौधरी गरी १३ स्वतः सदस्य बनेका छन ।


कार्यसम्पादन समितिमा पहिलो चरणमा रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, चित्रलेखा यादव, डा। रामशरण महत, अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत, सुनीलबहादुर थापा, डा। शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा. नारायण खड्का, जिपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुंगाना कार्यसम्पादन समितिमा परेका छन ।


सभापति देउवाले वरिष्ठताका आधारमा मनोनयन गर्दा ३१ सदस्यको सूचीमा सभापतिमा पराजित शेखर कोइराला, केन्द्रीय सदस्यहरु बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, जीपछिरिङ लामा, पद्मनारायण चौधरी, दिलेन्द्रप्रसाद बडू, एनपी सावद, आनन्द ढुंगाना र जीवनबहादुर शाहीलाई पनि समेटेका छन ।


विधानअनुसार कार्यसम्पादन समिति ४६ सदस्यीय हुन्छ । जसमध्ये कोषाध्यक्ष र प्रवक्ता स्वतः सदस्य रहने व्यवस्था छ । अब सभापति देउवाले समितिमा ७ जना केन्द्रीय सदस्यहरुलाई मनोनित गर्न पाउने छन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex