काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकले कांग्रेसका पदाधिकारीको संख्या ११ पुराउने सहमति भएको छ ।
सहमति अनुसार सभापतिसहित दुई उपसभापति, तीन महामन्त्री, चार सह–महामन्त्री र एक कोषाध्यक्ष राख्ने टुंगो लागेको छ ।
यस अघि कांग्रेस भित्र संस्थापन पक्ष र पौडेल पक्षबीच कांग्रेसमा पदाधिकारीको संख्यालाई लिएर मतभेद रहेको थियो ।
अहिले कांग्रेसमा सभापतिसहित ५ जना पदाधिकारी रहने व्यवस्था छ ।
सोमबार सभापति शेरवहादुर देउवा पदाधिकारी संख्या थप्न सहमति जनाएपछि संख्याको टुंगो लागेको हो ।
११ पदाधिकारीमध्ये चार जना (सभापति, एक उपसभापति, एक महामन्त्री र कोषाध्यक्ष) को प्रत्यक्ष चुनाव हुनेछ ।
चारै जना सह–महामन्त्री समावेसी कोटाबाट ल्याइने भएको छ । एक जना उपसभापति र दुई महामन्त्री केन्द्रीय समितिले टुंगो लगाउने गरी समहमित भएको हो ।
पदाधिकारी संख्याबारे अन्तिम टुंगो लगाउन केन्द्रीय समितिको बैठकले लगाएपछि उक्त प्रस्ताव महासमितिमा लगेर विधान संशोधन गरिनेछ ।
Categorized in राष्ट्रिय