४ भाद्र २०८३, बिहिबार
Header

नेपाली कांग्रेसबाट कीर्तिपुरको मेयरमा कृष्णमान डंगोलको उम्मेदवारी


प्रकाशित: शनिवार, १ मंसिर २०८१, १७ः५० बजे
- महानगरखवर

काठमाडौं । नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयर (प्रमुख) मा कृष्णमान डंगोललाई उम्मेदवार निर्णय गरेको छ ।

 
शनिवार बसेको कांग्रेसको बागमती प्रदेश समितिको बैठकले डंगोललाई उम्मेदवार बनाउने बनाउने भएको हो । 


डंगोल कांग्रेसको नगर कमिटीका सभापति हुन । डंगोलसँगै मेयरका लागि पूर्व मेयर राजकुमार नकर्मीको पत्नी जमुना नकर्मीसहित दर्जनौ आकाक्षीहरु थिए । 


मंसिर १६ गते हुन स्थानीय उपनिर्वाचनको लागि भोली मंसिर २ गते निर्वाचनमा आयोगमा उम्मेदवारी दर्ता कार्यक्रम रहेको छ । 


नेपाली कांग्रेसबाट २०७९ वैशाखको स्थानीय तह निर्वाचनमा कीर्तिपुर नगरपालिका प्रमुख पदमा उम्मेदवार भएका नकर्मीको २०८१ साउनमा निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

 
नेकपा एमालेले कीर्तिपुरको मेयरमा डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाएको छ भने नेकपा (माओवादी केन्द्र) ले शिवशरण महर्जनलाई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ध्रुव महर्जनलाई उम्मेदवार उठाउने निर्णय गरिसकेका छन ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex