काठमाडौँ । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ गतेसम्म १५औँ महाधिवेशन गर्ने भएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले सोमबार सर्वसम्मत रूपमा महाधिवेशन कार्ययोजना पारित गरेको हो।
बैठकले क्रियाशील सदस्यता नवीकरणदेखि स्थानीय तह, प्रदेश र केन्द्रीय महाधिवेशनसम्को सम्पूर्ण कार्यतालिका सार्वजनिक गरेको छ।
यस्तो छ कांग्रेसको महाधिवेशन कार्यतालिका
क्रियाशील फारम वितरण (केन्द्रबाट) — मंसिर २० भित्र
फारम वडासम्म पठाउने (प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति हुँदै) — मंसिर २४ भित्र
एक मात्र क्षेत्र भएका जिल्लामा नयाँ क्रियाशील सदस्यता प्रक्रिया — पुस ८ भित्र
दुई वा बढी क्षेत्र भएका जिल्लामा क्रियाशील सदस्यता प्रक्रिया — पुस ८ भित्र
एक क्षेत्र भएका जिल्लामा सूची प्रकाशन र केन्द्रमा पठाउने — पुस १० भित्र
दुई वा बढी क्षेत्र भएका जिल्लामा सूची प्रकाशन र पठाउने — पुस ११ भित्र
क्रियाशील सदस्यता छानबिन र सूची प्रकाशन — पुस १२ भित्र
अन्तिम सूची सभापतिलाई बुझाउने — पुस १४
केन्द्रीय कार्यालयद्वारा प्रमाणित अन्तिम नामावली निर्वाचन समितिमा बुझाउने — पुस १४ भित्र
अधिवेशन तालिका:
नेपाली जनसम्पर्क समितिको अधिवेशन — पुस १५
गाउँ/नगर वडा अधिवेशन — पुस १६
गाउँ/नगरपालिका अधिवेशन — पुस १७
प्रदेश सभा क्षेत्रीय अधिवेशन— पुस १९
प्रतिनिधि सभा क्षेत्रीय वा एक क्षेत्र भएका जिल्लाको अधिवेशन — पुस २१
दुई वा बढी क्षेत्र भएका जिल्लाको अधिवेशन — पुस २२
प्रदेश अधिवेशन — पुस २३–२४
केन्द्रीय महाधिवेशन — पुस २५–२७ (काठमाडौं)
कांग्रेसले निर्धारित तालिकाअनुसार सबै तहका संरचना पुनर्गठन गर्दै पुसको अन्तिम सातासम्म पार्टीको केन्द्रिय नेतृत्व चयन गर्ने तयारी गरेको छ।
Categorized in राष्ट्रिय