१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया आजबाट सुरु


प्रकाशित: शनिवार, २१ चैत २०८२, १२ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेस ले आज (शनिबार) देखि १५औँ महाधिवेशनको प्रक्रिया औपचारिक रूपमा अगाडि बढाउने भएको छ । 


केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार आगामी असोज १६–१९ गतेभित्र महाधिवेशन सम्पन्न गर्ने लक्ष्यसहित कार्यतालिका कार्यान्वयन सुरु गरिएको हो ।


कांग्रेसको १०–११ चैतमा बसेको केन्द्रीय कार्यसमिति बैठकले पारित गरेको कार्यतालिका अनुसार २१ चैतदेखि मसान्तसम्म केन्द्रबाट सदस्यता फारम वडा तहसम्म पठाउने र देशभरका १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सदस्यता वितरणका लागि प्रतिनिधि खटाउने निर्णय गरिएको थियो ।


यसैक्रममा, सदस्यता वितरणमा खटिने प्रतिनिधिहरूलाई आज दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा ‘ओरिएन्टेसन’ कार्यक्रम आयोजना गरिएको छ ।
 


कार्यतालिकाअनुसार १ वैशाखदेखि मसान्तसम्म देशभरका वडास्तरमा क्रियाशील सदस्यता वितरण तथा अद्यावधिक अभियान सञ्चालन गरिनेछ । 


एक महिनासम्म सञ्चालन हुने अभियानपछि वडाबाट संकलित सदस्यता विवरण १५ जेठसम्म प्रतिनिधिसभा क्षेत्र र जिल्ला समितिमा पठाइसक्नुपर्नेछ ।


त्यसपछि क्षेत्र र जिल्ला समितिले सदस्यता विवरण ‘इन्ट्री’ गरी २५ जेठसम्म केन्द्रमा पठाउनेछन्। केन्द्रले आवश्यक छानबिन गरी १५ असारभित्र सदस्यताको अन्तिम टुंगो लगाउनेछ भने असार मसान्तसम्म अद्यावधिक क्रियाशील सदस्यहरूको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाइसक्ने कार्यतालिका तय गरिएको पार्टीले जनाएको छ । 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex