काठमाडौं । नेपाली कांग्रेसले आगामी असोज ३ गते सम्म काठमाडौं उपत्यका बाहिर नजान ह्विप जारी गरेको छ ।
संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले बुधबार ह्विप जारी उक्त निर्देशन दिएको हो । असोज ३ गतेसम्म काठमाडौं उपत्यका बाहिर नजान र बाहिर रहेका सांसदहरू यथाशीघ्र काठमाडौं आउन भन्दै ह्वि जारी गरेको छ ।
मंगलवार प्रतिनिधिसभा बैठकमा उपसभामुख इन्दिरा राना मगरको एमाले सांसदहरुले आचरणमा प्रश्न उठको भन्दै राजीनामाको माग उठेको छ ।
यसको प्रतिरक्षामा राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा माओवादीका सांसदहरुले उपसभामुख रानाको बचाउ गरेका थिए ।
बुधवार नेपाली कांग्रेसले पदाधिकारीहरुको बैठक बोलाई उपसभामुख रानाको राजीनामा बारे छलफल गरेका थिए । अहिले प्रतिनिधि सभामा कांग्रेसका ८८ जना सांसद रहेका छन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बसेको सत्ता साझेदार दलहरूको बैठकमा उपसभामुख रानालाई पदबाट हटाउन प्रस्ताव गरेका थिए ।
उपसभामुख रानामगरले २०२३ को फेब्रअरीको संयुक्त राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा जान लागेको भन्दै आफूहरुको भिसा अन्तर्वार्ता छिटो गरिदिन अमेरिकी दूताबासलाई पत्र लेखेकी थिइन ।
अहिले त्यही विषयलाई लिएर सत्तारुढ दलहरुले उनीमाथि प्रश्न उठाएका छन ।
Categorized in राष्ट्रिय