७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

नेपाली कांग्रेसको सदस्यता अनलाइनबाट लिन सकिने


प्रकाशित: सोमवार, ११ असार २०८०, १६ः३० बजे
- महानगरखबर

 काठमाडौं । नेपाली कांग्रेसको सदस्यता अनलाईन फारम भरेर लिने सकिने भएको छ । 


पार्टीको वेसाईटमा गएर फारममा माग गरे अनुसारको विवरण भरेर सदस्यता लिने व्यवस्था गरेको हो । 


कांग्रेसमा दुई प्रकृतिको सदस्यताको व्यवस्था छ, साधारण र क्रियाशील । अहिले अनलाइनबाट साधारण सदस्यता लिनको लागि पार्टीको आन्तरिक तयारी भईरको जनाएको छ ।  


क्रियाशील सदस्यता नवीकरण पनि अनलाइनबाटै गर्न सकिने भएको छ । 


अनलाइनबाट भरेको फारम वडादेखि केन्द्रसम्मका ७ तहमध्ये पार्टीको कुनै एक तह समितिले स्वीकार्छ र सदस्यता दिन्छ ।


कांग्रेसको वडा, गाउँपालिका, प्रदेश र संघ क्षेत्रीय समिति, जिल्ला कार्यसमिति, प्रदेश र केन्द्रीय कार्यसमिति गरी सात तहमा संगठन संरचना छ ।


२०७८ मंसिरमा भएको १४ औं महाधिवेशनका बेला कांग्रेसमा ८ लाख ४६ हजार ७ सय २९ जना क्रियाशील सदस्य थिए ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex