६ जेठ २०८१, आइतबार
Header

नेपाली कांग्रेसका सांसदहरुले भूकम्प पीडितलाई १५ दिनको तलब दिने


प्रकाशित: आइतवार, १९ कातिक २०८०, २०ः४६ बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसका संघीय सांसदले आधा महिना (१५ दिन) को तलव पारिश्रमिक प्रदान गर्ने भएको छ । 


कांग्रेस सांसदले भूकम्प पीडितहरुको उद्धार, राहत र पुनस्र्थापनाका लागि संघीय सांसदले १५ दिन बराबरको पारिश्रमिक रकम सहयोग स्वरुप सरकारलाई उपलब्ध गराउने निर्णय गरिएको हो ।  


प्रमुख सचेतक रमेश लेखकले संसदीय दल कार्यसमितिको बैठकले पारिश्रमिक भूकम्प पीडितलाई दिने निर्णय गरिएको जानकारी दिए । 


संसदमा कांग्रेसका ८८ र राष्ट्रिय सभामा १० सांसद छन । आधा महिनाको पारिश्रमिकको आधारमा करिब २७ लाख रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने भएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD