८ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

नेपाली कलाकार राखेर हलिउड फिल्मको प्रिमियर शो


प्रकाशित: शुक्रवार, २० असार २०७६, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाली चलचित्रको बजार आरोलो लागेको बेला हलिउड चलचित्रहरुले नेपाली हलमा धमाधम प्रिमियर शो गर्न थालेको छ । 


शुक्रवार नेपाली सिने क्षेत्रका चर्चित कलाकारहरुको उपस्थितीमा स्पाईडरम्यानको प्रिमियर शो भएको छ । 


मदनकृष्ण श्रेष्ठ, दीपक राज गिरी, दीपाश्री निरौला, किरण के सी, नयाँ नायिका शिल्पा मास्के अनि गोपाल काजी कायस्थ, अशोक शर्मा ,मधुसुदन प्रधान लगायतका उपस्थिति सुपर हिरो मुभी स्पाईडरम्यानको प्रिमियर शो भएको हो । 


यो वर्ष रिलिज भएका नेपाली चलचित्रहरु मध्ये दालभात तरकारी र जात्रै जात्रा मात्रै व्यवसायीक रुपमा पैसा कमाउन सफल भएपनि अन्यको अवस्था राम्रो थिएन । 


एकातिर यसरी चलचित्र घाटामा जान थालेपछि नेपाली चलचित्रहरुको प्रिमियर शो नगर्ने हरु धेरै छन भने अर्कोतिर हलिउड चलचित्रको प्रिमियर धमाधम हुन थालेको छ । 


तीन महिना अगाडि एभेन्जरः येन्डगेम को भव्यताका साथ प्रिमियर गरिएको थियो भने अहिले रिलिजको पूर्वसन्ध्यामा अर्को हलिउड फिल्म    हलिउड फिल्म ‘स्पाइर म्यान ः फार फ्रम होम’को प्रिमियर काठमाण्डौंमा गरियो ।


सेलेव्रिटी, व्यवसायी, मिडिया र फ्यान सहभागि प्रिमियरलाई सोनी पिक्चर्स र एप्पल इन्टरटेनमेन्टले आयोजना गरेका थिए ।


‘एभेन्जर्स ः एन्ड गेम’को अपार सफलताको  कारणले पनि स्पाइडर म्यानको नयाँ श्रृंखला प्रतीक्षित थियो ।


टम हल्यान्ड, स्यामुअल एल ज्याक्सन, जेनेड्या, ज्याक गिलेनहाल अभिनित फिल्म मार्भल सिनेम्याटिक युनिभर्सको २३ औं सिनेमा हो । 

 

विश्व प्रसिद्ध मार्भेल कमिक्सका विश्व विख्यात पात्र स्पाइडर म्यान पात्रलाई नेपाली दर्शकले सुरुआतदेखि नै माया गर्ने क्यूएफएक्स एवं एप्पल इन्टरटेनमेन्ट प्रमुख नकिम उद्दिनले बताए । उनले हलिउड क्यारेक्टरको प्रभाव नेपाली अडिएन्समा गहिरो रुपमा रहेको जनाए । प्रिमियरमा समेत मार्भलले उपलब्ध गराएको कस्ट्युममा एप्पलले स्पाइडर म्यान प्रस्तुत गरेको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex