११ बैशाख २०८१, मंगलबार
Header

नेपालीले कति अर्बको कोकाकोला खाए ? बोटलर्स नेपालले १ अर्ब, तराईले ७१ करोड नाफा गरयो


प्रकाशित: बिहिबार, ३१ साउन २०७५, १२ः५३ बजे
- महानगरखबर

काठमाडौं । ‘चिसो भनेकै कोकाकोला’ नेपाललीले कति पिउने रहेछन त ? गतबर्षको कम्पनीको उत्पादन तथा बिक्री वितरणको तथ्यांक अनुसार नेपालीले  १४ अर्ब ७४ करोड  रुपैयाँको कोकाकोला पिउने गरेको छ । 


बोटलर्स नेपालले एक अर्ब रुपैयाँ नाफा गरेको छ भने तराइले ७१ करोड ५४ लाख रुपैयाँ नाफा गरेको छ । नेपालमै भएको उद्योग बोटलर्स नेपाल र बोटलर्स नेपाल तराइले कोकाकोला १४ अर्ब ७४ करोड रुपैयाँको बिक्री गरेको जनाएको छ ।


बोटलर्स नेपालले अघिल्लो बर्ष ७ अबै ६९ करोड नाफा गरेकोमा गत बर्ष ९ करोड ८ करोड रुपियाँ आम्दानी गरेको छ । कम्पनीको प्रति शेयर आम्दानी ४८४ रुपैया छ भने अघिल्लो वर्ष ३३८ रुपैयाँ थियो । 


त्यस्तै बोटलर्स तराइले पनि अघिल्लो बर्ष ४ अर्ब ५७ करोड रुपैयाँ आम्दानी गरेकोमा गत बर्ष  ५ अर्ब ६५ करोड रुपैयाँ आम्दानी गरेको छ भने कम्पनीको प्रति शेयर ३९९     रुपैयाँबाट बढेर ५९१ रुपैयाँ पुगेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD