काठमाडौं । आईसिसी टी–२० विश्वकप एसिया छनोट प्रतियोगितमा नेपालसँग कुवेतको हार भएको छ ।
नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको हो । जितसँगै नेपाल विश्व छनोट नजिक पुगेको छ भने कुवेत बाहिरिएको छ ।
अब नेपालले आइतबार आयोजक सिंगापुरसँग खेल्ने भएको छ । आईतबारको खेलमा जित हात पार्ने टिम च्याम्पियन बन्दै विश्व छनोटमा पुग्नेछ ।
अंक तालिकामा शीर्ष स्थानको सिंगापुरको ३ खेलबाट ५ अंक छ भने नेपालको ३ खेलबाट ४ अंक छ । शनिबार कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेटको क्षतिमा पार ग¥यो ।
कप्तान पारस खड्काको उत्कृष्ट ब्याटिङ प्रस्तुत गरेका थिए । ओपनिङमा आएका पारसले ६८ रन जोडे थिए ।
पारसको यो टी–२० अन्तर्राष्ट्रिय खेलमा तेस्रो अर्धशतक हो । शरद भेषावकरले नटआउट ३८ रन जोडे ।
बलिङतर्फ कुवेतका कप्तान मोहम्मद शासिफले तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो । उसका मोहम्मद शासिफले ४९ रन जोडे ।
नेपालका बसन्त रेग्मी र सन्दीप लामिछानेले समान ३/३ विकेट लिए भने करण केसीको नाममा एक विकेट रहृयो ।
Categorized in मनोरन्जन