१४ बैशाख २०८१, शुक्रबार
Header

नेपालले ‘ग्रेटर नेपाल’को नक्सा बनाए भारतले स्वीकारनु पर्छः गगन


प्रकाशित: विहिवार, २५ जेठ २०८०, १४ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले नेपाललाई ‘ग्रेटर नेपाल’को सांस्कृतिक नक्सा बनाउने अधिकार रहेको बताएको छ ।

 
थापाले विहिवार विराटनगर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा भारतको नयाँ संसदमा राखिएको अखण्ड भारतको नक्सामा राखिएको नेपालको कपिलबस्तु र लुम्बिनीबारे सोधिएको जवाफमा नेपालले ग्रेटर नेपालको नक्सा बनाउन सक्ने बताए । 


भारतले उक्त नक्सा सांस्कृति भएको बताउँदै आएको छ । सो प्रंसगमा थापाले नेपालले ग्रेटर नेपालको सांस्कृति नक्सा बनाए भारतले स्वीकार गर्नु पर्ने पत्रकारहरुलाई जवाफ दिएका थिए । 


उनले लिम्पियाधुरा लिपुलेक नेपालको भूमि भएको र यो भारतले फिर्ता गर्नुपर्ने बताए । 


नेपाल भूपरिवेष्ठित देश भएकाले बंगलादेशसम्म बाटो पाउनु पनि नेपालको अधिकार भएको पनि थापाले भने । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD