५ जेठ २०८१, शनिबार
Header

नेपालले पहिलो पल्ट आफ्नै भु–उपग्रह आन्तरिक्षमा प्रक्षेपण गर्दै


प्रकाशित: मंगलवार, ३ बैशाख २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । पहिलो पल्ट नेपाली बैज्ञानिकले बनाएको नेपालको भूउपग्रह (स्याटेलाईट) बुधवार राती आन्तरिक्षमा प्रक्षेपण गरिने भएको छ । 


जापानमा संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) मा भूउपग्रह प्रविधिमा पढ्दै गरेका स्पेश इन्जिनियरिङको पीएचडीका विद्यार्थी आभाष मास्के र स्नातकोत्तर तहका विद्यार्थी हरिराम श्रेष्ठले तयार गरेको स्याटेलाइट प्रक्षेपण गरिने भएको हो ।  


मंगलबार राति २ बजेर ३१ मिनेटमा अमेरिकाको भर्जिनियामा अवस्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट जापान र श्रीलंकाका नानो स्याटेलाइटँगै नेपालको स्याटेलाइट प्रक्षेपण गर्न सबै तयारी सकिएको छ । 


यो स्याटेलाइट अन्तरिक्षमा पुग्न करिब एक महिना समय लाग्ने अनुमान गरिएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका बरिष्ठ वैज्ञानिक रविन्द्र ढकालले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD