३ चैत्र २०८१, आइतबार
Nepal Bank AD

नेपाललिपि टयुुटोरियल र नेपालभाषा डिक्सनरी एप्स सार्वजनिक


प्रकाशित: विहिवार, ६ असार २०८१, २१ः२० बजे
- रचना शाही खड्गी

काठमाडौं । नेपाललिपि टयुुटोरियल व नेपालभाषा डिक्सनरी एप्स एक कार्यक्रमविच सार्वजनिक गरिएको छ । 


विहिवार काठमाडौंमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा सार्वजनिक गरिएको हो । 


नेपाललिपि गुथिको ४४ बर्ष अवसर पारेर गुथि र दबुलीको संयुक्त प्रयासमा निर्माण गरिएको नेपाललिपि टयुुटोरियल व नेपालभाषा डिक्सनरी एप्स सार्वजनिक गरिएको हो । 

 


यसमा नेपाल लिपि र रन्जना लिपि कसरी लेख्ने र बोल्ने भन्ने बारे जानकारी दिने र डिक्सनरीले नेपालभाषाको शव्दकोषबारे बताउने छ । 


महानगरपालिकाको विशेष सहयोगमा निर्मित सो एपबारे नेपालभाषा एकेडेमिका भाइस चान्सलर मल्ल के सुन्दर, भाषा आयोगका सदस्य सुरेश मानन्धर र नेपालभाषा केन्द्रीय विभागया प्रमुख सह प्रा.डा. राजनलाल जोशीले चर्चा गरेका थिए । 

 


सो अवसरमा प्रमुख अतिथी महानगरकी उपप्रमुख डंगोलले डिक्सनरीमा  नेपाल भाषाको शव्द ‘लुखा’ सर्च गरेर डिक्सनरीको उद्घाटन गरेकी थिइन । 


आइटी विज्ञ एलेन वैलोचन तुलाधर, नेपालभाषा डिक्सनरी एप्सका प्रोजेक्ट प्रमुख सुभाषराम प्रजापति भिडियो सन्देशमार्फत एप्सयाबारे जानकारी दिएका थिए ।

 


अन्त्यमा कार्यक्रमका सभापति गुुथिका अध्यक्ष अनिल स्थापितले लिपिको महत्व र आवश्यक्ताबारे उल्लेख गरे । 

 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर 
 

asteriskhubs
Home Page Bottom Second


Nepal Bank AD
maharjan complex