काठमाडौं । सरकारले विदेशमा ‘नेपाललाई कोरोना भईरसमुक्त क्षेत्र’ को रुपमा पचार गरिने भएको छ ।
मंगलवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय कोरोना भाइरस र यसका कारण नेपालको पर्यटन उद्योगमा पारेको प्रभावबारे भएको छलफलमा सो निष्कर्ष निकालेको हो ।
भ्रमण वर्षलाई लक्षित गर्दै अंग्रेजी, चिनियाँ र हिन्दी भाषामा श्रब्य दृष्य सामग्री तयार गरी विदेशमा प्रचार प्रसार गर्ने मन्त्रालयले तयारी गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले यस अभियानलाई ३ दिन भित्र नेपाल ‘कोरोना भाइरस फ्रि जोन’ हो भन्ने सन्देश दिन व्यवस्था मिलाउन निर्देशन समेत दिएका छन ।
यस्ता सामग्रीलाई मन्त्रालय, विदेशस्थित नेपाली नियोग, नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष २०२० को सचिवालय, पर्यटनसम्बद्ध निजी क्षेत्रका वेवसाइट र सामाजिक सञ्जालमासमेत राखिने भएको छ ।
Categorized in राष्ट्रिय