काठमाडौं । फ्रान्सको पेरिसमा जारी पारालिम्पिक्समा तेक्वान्दोकी खेलाडी पलेशा गोवर्धनलेनेपाललाई ऐतिहासिक कांस्य पदक दिाएका छन ।
पलेशाले के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनि सर्बियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गर्दै ओलम्पिक इतिहासमा नेपाललाई पहिलो पदक जिताएकी हुन ।
कांस्य पदक जिताएकी तेक्वान्दोकी खेलाडी पलेशा सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार रकम पाउने भएकी छिन ।
राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ का अनुसार व्यक्तिगत प्रतिस्पर्धामा ओलम्पिक खेल र ग्रीष्मकालीन र शीतकालीन र पारा विशेष तथा र विश्वकप फुटबलमा कांस्य जित्ने खेलाडीलाई ६५ लाख रुपैयाँ पुरस्कार दिनुपर्ने हुन्छ ।
नियमावली अनुसार पलेशाका प्रशिक्षक कविराज नेगी लामाले ५ लाख र नेपाल तेक्वान्दो संघले ११ लाख ७० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
नियामावली अनुसार व्यक्तिगततर्फ स्वर्ण विजेता खेलाडीले १ करोड ३० लाख र रजत जित्ने खेलाडीले ९७ लाख रुपैयाँ प्राप्त गर्नेछन ।
फ्रान्सकी सोफी काभरजानलाई २–१ ले पराजित गर्दै पलेशा कांस्य पदक नजिक पुगेकी थिइन ।
Categorized in मनोरन्जन