काठमाडौं । कैलालीका एक कोरोना संक्रमित युवकलाई आतवार अस्पतालले डिस्चार्ज गरेको छ ।
लम्कीचुहा नगरपालिका वडा नम्बर ९ प्रतापपुरका २१ वर्षीय युवा कोरोना जितेर घर फर्किएपछि निको हुनेको संख्या ४ पुगेको छ ।
उनी चैत २२ गते कोरोना पोजेटिभ देखिएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए । उनको दुई पटक पिसिआर परीक्षण गर्दा नेगेटिभ देखिएपछि आज डिस्चार्ज गरिएको हो ।
हिजो मात्र काठमाडौकी प्रसिद्धी श्रेष्ठलाई टेकु अस्पतालवाट डिस्चार्ज गरिएको थियो । त्यसैगरी बाग्लुङकी ६५ बर्षिया बृद्धा पनि निको भई घर फर्किएकी छिन ।
नेपालमा हालसम्म ३१ जना कोरोना संक्रमित भेटिएका छन ।
Categorized in राष्ट्रिय