१५ बैशाख २०८१, शनिबार
Header

नेपालमा २० वटा भाषा मात्रै सुरक्षित !


प्रकाशित: विहिवार, २३ जेठ २०७६, २०ः४० बजे
- महानगरखवर

काठमाडौं । भाषा आयोगद्वारा अव नेपालमा २० वटा भाषा मात्र सुरक्षित रहेको जनाएको छ । 


धुलिखेलमा बुधवार अयोजित प्रादेशिक सङ्गोष्ठीमा विज्ञहरुले सो तथ्य सार्वजनिक गरेको हो ।

 
भाषा विज्ञ एवम् आयोगका विज्ञ समूह संयोजक प्रा डा तेजरत्न कंसाकारले अझै ९४ भाषा असुरक्षित रहेको जानकारी दिँदै नेपालमा १२३ नभएर ११४ भाषा मात्रै रहेको दाबी समेत गरेका छन । 


उनले नेपालमा लिपिबद्ध भाषा मात्रै सुरक्षित भाषा मानिने बताएका छन । त्यसैगरी कंसाकारले नौ वटा भाषा विदेशी भएको पनि दाबी गरेका छन । 


जुन भाषाको आफ्नै लिपि छैन, त्यो असुरक्षित भाषा हो, विदेशी भाषाबाहेकका भाषालाई पनि लिपिबद्ध गर्न सकिने कंसकारको भनाई छ । नेपालको भाषालाई दश समूहमा विभाजन गरी छानबिन भइरहेको उल्लेख गर्दै कंसाकारले नेपालमा सुरक्षित भाषा हालसम्म सरकारी, साहित्य तथा विभिन्न विधामा प्रयोग हुँदै आएको बताए । 


सो अवसरमा नेकपाका प्रदेश कमिटी सदस्य इन्द्रबहादुर थिङ, स्थानीय भाषा सरोकार संघ, संस्था तथा आयोगका प्रतिनिधिहरुले भाषाको संरक्षण र प्रयोगको बारे बोलेका थिए । 


प्रदेश नम्बर ३ मा १३ जिल्ला र १४९ स्थानीय तह छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD