१३ बैशाख २०८१, बिहिबार
Header

नेपालमा मानसिक रोगीहरुको संख्या बढ्दै


प्रकाशित: विहिवार, २५ असोज २०७५, १०ः०० बजे
- महानगरखबर

काठमाडौँ । नेपालमा मानसिक रोगीहरुको संख्या बढ्दै गएको प्रति उप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले चिन्ता व्यक्त गरेका छन् । 


उपप्रधानमन्त्री यादवले बेलायतमा बुधवार सम्पन्न मानसिक स्वास्थ्यसम्बन्धी मन्त्रिस्तरीय विश्व सम्मेलनमा सो करा बताएका हुन । 


बेलायतमा संयुक्त अधिराज्य सरकार, विश्व स्वास्थ्य संगठन र आर्थिक तथा विकासम्बन्धी संगठन (ओईसीडी) को सम्मेलन उप्रधानमन्त्री यादव सहभागी भएका थिए । 


उपप्रधानमन्त्री यादवले मानसिक स्वास्थ्य समस्या, अल्पविकसित र विकासोन्मुख देशहरूको मात्र नभई विश्व मानव समुदायकै एक गम्भीर समस्या भएको बताए । 


निम्न तथा मध्यम आय भएका राष्ट्रका हरेक पाँच जनामध्ये एक जनामा मानसिक रोगको समस्या रहेको तथा दक्षिण एशियाको कूल जनसंख्याको २० प्रतिशत जनता मानसिक रोगबाट ग्रसित रहेको बताए । 


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सम्मेलनमा उपप्रधानमन्त्री यादवले नेपालको संविधानले आधारभूत स्वास्थ्यलाई मौलिक अधिकारको रूपमा अङ्गिकार गरेको जानकारी दिए । 


उपप्रधानमन्त्रि यादवले मानसिक रोगको उपचारको सरलीकरणमा पनि नेपाल सरकारले विशेष ध्यान दिएको जानकारी दिए । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD