८ बैशाख २०८१, शनिबार
Header

नेपालमा बोलिने मातृभाषाहरुमा नेपाल भाषा २.९६ प्रतिशत, अरुको कति ?


प्रकाशित: शुक्रवार, १९ जेठ २०८०, २१ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपालमा बोलिने मातृभाषाहरुमा नेपाली भाषा ४५ प्रतिशत सबैभन्दा बढि बोलिने गरेको छ ।


मातृ भाषासम्बन्धी तथ्यांकअनुसार ४४.८६ प्रतिशतको मातृभाषा नेपाली छ । नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । 


उनीहरुमध्ये सबभन्दा धेरै १ करोड ३० लाख ८४ हजार ४५७ जनाको मातृभाषा नेपाली हो ।


शुक्रवार राष्टिय जनगणना २०७८ को मातृभाषा सम्बन्धी सार्वजनिक गरिएको तथ्यांक अनुसार मातृभाषा नेपाल भाषा (नेवाः) २.९६ प्रतिशतले मात्रले बोल्ने गरेको छ । 


त्यसैगरी सबैभन्दा कम कुसुण्डा भाषा बोल्नेहरु छन । उनीहरु २३ जनाले मात्र यो मातृभाषा बोल्ने गरेको पाईएको छ । 


नेपालीपछि मैथिली मातृभाषा हुनेको संख्या धेरै छ । ३२ लाख २२ हजार ३८९ जना अर्थात ११.०५ प्रतिशतको मातृभाषा मैथिली छ ।


भोजपुरी ६.२४ प्रतिशत, थारु ५.८८, तामाङ, ४.८८, बजिका ३.८९, अवधि २.९६, २.७८ प्रतिशतको मातृभाषा मगर धुत रहेको छ ।


जनगणनाअनुसार नेपालमा १२७ भाषाभाषी छन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD