१६ चैत्र २०८०, शुक्रबार
Header

नेपालमा प्रतिव्यक्ति  ५९ हजार २ सय २५ रुपैयाँ ऋण भार !


प्रकाशित: बुधवार, ११ फागुन २०७८, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । नेपालमा प्रतिव्यक्ति सार्वजनिक ऋणको भार ५९ हजार २ सय २५ रुपैया पुगेको छ । 


अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालको सार्वजनिक ऋण १७ खर्ब २८ अर्ब ९३ करोड ९३ हजार ६ सय ७१ रुपैयाँ पुगेको छ ।


पुस मसान्तसम्म कायम १७ खर्ब २८ अर्ब ९३ करोड ९३ हजार ६ सय ७१ रुपैयाँ ऋणलाई नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रुपैयाँले भाग लगाउँदा प्रतिव्यक्ति सार्वजनिक ऋणको भार ५९ हजार २ सय २५ रुपैयाँ पर्न जान्छ । यो २०७८ असार मसान्तको तुलनामा ९ अर्ब रुपैयाँ कम हो ।


पुस मसान्तसम्म नेपालको बाह्य ऋण ९ खर्ब ४८ अर्ब ९८ करोड र आन्तरिक ऋण ७ खर्ब ७९ अर्ब ९४ करोड रुपैयाँ रहेको छ । चालु आवको पहिलो ६ महिनामा बाह्य ऋण अघिल्लो त्रैमासको तुलनामा ०।०३ प्रतिशतले कम भएको छ । आन्तरिक ऋण भने ०.७८ प्रतिशतले बढेको मन्त्रालयको तथ्यांकले देखाएको छ । कुल सार्वजनिक ऋण भने ०.३३ प्रतिशतले वृद्धि भएको छ ।


आर्थिक वर्ष २०७७/७८ को असोज मसान्तसम्म सार्वजनिक ऋण १७ खर्ब २३ अर्ब १७ करोड ८४ लाख रुपैयाँ रहेकोमा पछिल्लो त्रैमासमा ५ अर्ब ७५ करोड ६० लाख रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD